Shittalpati
अन्नपूर्ण होटलमा शिवरात्रिको प्रसाद वितरण 

पाल्पा, जिल्लाको तानसेन नगरपालिका– ३ भगवतीटोलस्थित अन्नपूर्ण होटलमा शिवरात्रि पर्वको प्रसाद वितरण गरिएको छ । शुक्रबार महाशिवरात्रि पर्वको अवसरमा होटलले शिवरात्रिको प्रसाद वितरण गरेको हो ।

हरेक वर्ष जस्तै यस वर्ष पनि प्रसाद वितरण गरिएको होटलले जनाएको छ । बाटोमा हिड्ने यात्रुदेखि शिवालय मन्दिरमा दर्शन गरी फर्कने दर्शानार्थीहरुले प्रसाद ग्रहण गरेका थिए । होटल सञ्चालक टिकाराम बस्यालले एक दश अघिदेखि शिवरात्रिका दिन प्रसाद वितरण गर्दे आएका छन् । भगवान शिवप्रति आस्था राख्दै आएका बस्यालले शिवको पूजासँगै प्रसाद बाँड्दै आएका हुन् । उनी भारतको नयाँ दिल्लीमा रहँदा शिवरात्रिका दिन प्रसाद बाँड्ने गरेको र नेपाल आएपछि आफुुले पनि हरेक वर्ष शिवरात्रिकै दिन प्रसाद बाँड्ने परम्पराको थालनी गरेको बताउँछन् । बस्यालले भने ‘म पहिले दिल्लीमा हुँदा त्यहाँ शिवजीको प्रसाद बाँड्ने गरेको देखेको थिएँ । मलाई शिवप्रति  मनैदेखि अत्यन्त श्रद्धा जागेर आउन्छ, शिवको पुजा पनि गर्छु । म नेपाल आएपछि हरेक वर्ष घरमै र अहिले होटलमा प्रसाद बाँड्ने गरेको छु।’

 बस्यालले शिवरात्रिका दिन पूजा, प्रसाद वितरण मात्र हैन विभिन्न शिवालय मन्दिर र आश्रममा पुगेर आर्थिक, खाद्यान्न समेत सहयोग गर्दै आएका छन् । उनले बाराङ्दीमा रहेको नारायणडाँडा शिवालय मन्दिरमा पुजा गर्दै आएका पुजारीका लागि तलव र पोशाक समेत दिर्दै आएका छन् । बस्यालले तानसेनको भूसालडाँडामा रहेको नील सागर सेवा आश्रममा समेत  पुगेर असहाय, अशक्त, मानसिक रुपमा विक्षिप्त रहेका वृद्धवृद्धाहरुका लागि खाद्यान्न समेत सहयोग गर्ने गरेको उनका छोरा तथा होटल सञ्चालक लक्ष्मण बस्यालले बताए । उनी भन्छन् ‘बुवाको शिवजीप्रति आस्था रहेको छ । उहाँले हरेक वर्ष प्रसाद वितरण गर्नुको साथै मन्दिरमा सहयोग, असहाय, अशक्त वृद्धवृद्धाहरुलाई आश्यक सहयोग पनि गर्नुहुन्छ, । उहाँको सहयोगी भावना र धर्मप्रतिको आस्था देखेर हामीलाई पनि खुसी लाग्छ ।’ ६५ वर्षीय बस्याललाई प्रसाद वितरणमा श्रीमति उमादेवी बस्याल, छोरा लक्ष्मण बस्याल, बुहारी उषा बस्यालले साथ दिदै आएका छन् । प्रसाद ग्रहण गर्न पुग्नेहरु उत्साहित हुँदै बस्याल परिवारलाई धन्यवाद दिर्दै फर्कने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update