Shittalpati
गौतमलाई पाल्पाबाट चुनाव लडाइने

काठमाण्डौ, नेकपा भित्र ओली कै पल्ला भारी हुने भए पछि पाल्पा निर्वाचन क्षेत्र नम्बर १ का नेकपा सांसद दलबहादुर रानालाई राजिनामा गर्न लगाएर उक्त क्षेत्रबाट गौतमलाई चुनााव लडाउने सहमति भएको छ । गौतमलाई प्रतिनिधीसभामा लग्ने बिषयमा शनिबार नेताहरु बीच सहमति भएको हो । सहमति कार्यान्वयन भएमा नेपालको भावी प्रधानमन्त्री नेकपा भित्रको तेस्रो वरियताका नेता वामदेव गौतम हुने भएका छन् ।

यो सबै कुराको तारतम्य महासचिव विष्णु पौडेलले मिलाएको स्रोतको दावा छ । आफुलाई राजिनामा दिलाउँने वारे जानकारी नै नभएको पाल्पा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित साँसद दलबहादुर रानाले जानकारी दिए । “मेरो कोही नेताहरुसंग सम्पर्क नै भएको छैन, केही जानकारी छैन, मसंग नसोध्नुस, अहिलेको परिस्थिति बारे नेताहरुलाई नै जानकारी होला, । रानाले असन्तुष्ट शूलीमा जवाफ दिए ।
केही दिन अघीदेखि नेकपा भित्रको बिवाद मिलाउने काममा नेपालका लागि चीनका राजदूत समेत सक्रिय हुदै आएको स्रोतको दावा छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहित वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा लागेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धनमा सामेल भएका उपाध्यक्ष बामदेव गौतम अन्तिम समयमा आएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको खेमामा मिसिएका हुन । वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदत्याग गर्नुपरे कोभिड १९ महामारी पछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी पदत्याग गर्ने प्रस्ताव गरेका थिए ।

 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update