Shittalpati
आज गैरआवासीय नेपाली दिवस

पाल्पा, आज गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय दिवस मनाउने गरिएको हो । यस वर्ष भने आज मनाइँदै छ ।

विश्वभर छरिएर रहेका नेपालीहरुको साँझा सस्था गैरआवासीय नेपाली संघले औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ । यो एउटा सार्क मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मुलका विदेशी नागरिक अटाउन सक्ने गैर–आवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । नेपाली पासपोर्ट बोकेर ६ महिना या बढी समयका लागि रोजगारी, बसाइसराई या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ । नेपालको मात्र उन्नती नभइ नेपाल बाहिरका नेपालीको पनि प्रशिद्धि बढ्न स्क्ने र जन्मभूमीको विकासका लागि सबैले यथासक्य सहयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ स्थापना भएको हो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update