Shittalpati
प्रष्ट देखिने गरी काम गर्न सञ्चार सचिवको निर्देशन

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले मातहतका निकायलाई प्रस्ट देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको नियमित बैठकमा उनले आ–आफ्ना निकायमा  देखिने गरी काम गर्न र योजना बनाउन निर्देशन दिएका हुन् ।  

“मन्त्रालयले सञ्चार क्षेत्रको समग्र नेतृत्व गर्छ, सबैले देखिने गरी संविधानको भावनाअनुसार सहअस्तित्व, समन्वय र सहकार्यका आधारमा काम गर्न जरुरी छ, राम्रोसँग योजना बनाएर काम गर्दा प्रगति पनि देखिन्छ ।” बैठकमा राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले रासस ऐन र नियमावली सञ्चार मन्त्रालयमा रहेकाले काम गर्न कठिनाइ भएको जानकारी दिँदै कानुन बनाउँदा सङ्घीय कानुनअनुसार प्रदेश र स्थानीय तह पनि बनाउनुपर्ने आश्यकता औँल्याए। बैठकमा मन्त्रालय मातहतका निकायहरुले गरेको कामको प्रगतिविवरण प्रस्तुत गर्नाका साथै आगामी कार्यक्रमबारे  छलफल गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update