Shittalpati
गुल्मी काँग्रेसले देखायो लकडाउनका बेला समस्यामा परेका नागरिक प्रति चासो

गुल्मी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी राखेको लकडाउनका कारण समस्यामा परेका नागरिक प्रति नेपाली काँगे्रस गुल्मीले चासो देखाएको छ । लकडाउनका कारण प्रभावित बनेका गुल्मीवासी तथा सम्पूर्ण नागरिकलाई पर्न गएको असुविधा प्रति काँग्रेसले चासो देखाएको हो ।

काँग्रेसले एक विज्ञप्ती जारी गर्दै रोजगार र अध्ययनका शिलशिलामा काठमाडौं लगायत अन्य क्षेत्रमा रहेका गुल्मीवासीहरु लडकडाउनका कारण समस्यामा परेको प्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । यस्तो विषम परिस्थतीमा नेपाली काँग्रेस सहयोगी बन्न तयार रहेको सभापति भुवनपसाद श्रेष्ठले बताए । उनले भने ‘यो भयावह प्रकोपबाट हामीले उन्मुक्ती पाउने भनेकै लकडाउनलाई पूर्णरुपमा पालना गर्दै हाम्रो दैनिक जीवनलाई व्यवस्थित गर्नु हो ।’

लकडाउन अवधी लम्बिएसँगै दैनिक जीवनमा आईपर्ने समस्या पनि विकराल बन्दै जानु स्वाभावीकै हो । त्यसैले कुनै कारणबस काठमाडौंमा रहन समस्या हुनेहरुका लागि गृह जिल्ला प्रवेशमा कुनै कठिनाई नरहेको सभापति श्रेष्ठद्वारा जारी विज्ञप्तमिा भनिएको छ । यात्रुको सामान्य स्वास्थ्य चेकजाँच भै आवश्यक लागेमा स्थानीय क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन पनि काँग्रेस गुल्मीले आम नागरिकलाई अनुरोध गरेको छ । विषम परिस्थीतिमा खानाखानबाट कुनै नागरिक बञ्चित हुन नपर्ने पटक पटकको सरकारी प्रतिवद्धताले मुर्तरुप नपाउनु आफैमा खेदजनक रहेको सभापति श्रेष्ठले बताए । काठमाडौंमा रहँदा खर्च अभावमा खाद्यान्नको समस्या परेमा गुल्मीवासीको सन्दर्भमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी र नेपाली काँग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिसँग संस्थागत सहकार्य भैरहेको उनले जानकारी दिए । खर्च अभावको समस्यामा परेका नागरिकलाई नेपाली काँग्रेस गुल्मी काठमाडांै सम्पर्क समितिका अध्यक्ष ज्ञानबहादुर कार्कीको सम्पर्क नम्बर (९८४१३२४८६८) र स्वयम आफ्नो सम्पर्क नम्बरमा (९८५७०६१६०७) मा सम्पर्क गर्न सभापति श्रेष्ठले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update