Shittalpati
अन्ततः सरकारले ल्याएको दुवै अध्यादेश खारेज

काठमाडौँ,पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि अन्ततः सरकारले ल्याएका दुई अध्यादेश खारेज भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेश खारेज गरेकी हुन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले खारेज गरिदिएकी छन् । सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने गरी ल्याइएको थियो । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख)बमोजिम अध्यादेशहरूखारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update