Shittalpati
गाउँ  हे गुण पंचशिलको

लालकाजी शाक्य
गाउँ हे गुण पंचशिलकों शुद्ध बनाई तन आत्मा
खोली हेर चक्षु ज्ञानको, पाउनेछ शान्ति चारधाम

ज्ञानबाट नै ध्यान मिल्छ, बिना ज्ञान मुक्ती कहाँ 
विपस्यना मार्ग अपनाउ ध्यानबिना सिद्धी कहाँ 
हे तथागत मुक्तिदाता, जन्मियौ शान्तिदुत बनी

अन्तरमन भित्र ज्योती जलाउ हटाई मनको मैलो विकार
द्वार तिम्रो आयो तथागत बनेर शितल सहारा
प्रकाश छरी शान्तिको, बनेर एक उज्वल तारा

धिक्कार भैइ बित्यो जीवन, पाएर अति सुन्दर तन
भड्की रहेछौ यहाँ वहाँ भएर किन चञ्चल मन
अष्ट्शिलको शक्तिले बदलिन्छ अन्तरमन

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update