Shittalpati
गुल्मीका स्थानीय तहलाई ४ अर्ब ५३ करोड बढीको बजेट

गुल्मी, संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले पाउने छन् । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा प्रस्तुत गरेको बजेट अनुसार स्थानीय तहले पाउने रकम गत वर्षको भन्दा केही घटेको छ । तर गुल्मीका दुुई नगरपालिका र आठ गाउँपालिकालाई प्राप्त भएको बजेट भने चालुु आर्थिक वर्षको भन्दा केही बढेको छ । यहाँ अघिल्लो आर्थिक वर्षको भन्दा २९ करोड ४४ लाख बढीले बजेट बढेको हो ।

संघीय सरकारले यहाँका स्थानीय तहलाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार प्रकारका अनुदानमा ४ अर्ब ५३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । जसमा चालुतर्फ ४ अर्ब १ करोड ८३ लाख छ भने पुँजीगततर्फ ५१ करोड ६७ लाख रहेको छ । यहाँ चालु आर्थिक वर्षमा ४ अर्ब २४ करोड ६ लाख बजेट विनियोजन भएको थियो । यस पटक यहाँका दुुई नगरपालिकालाई ८७ करोड ६२ लाख र आठ गाउँपालिकालाई ३ अर्ब ६५ करोड ८८ लाख बजेट विनियोजन भएको छ । जहाँ मुसिकोट नगरपालिकालाई ४७ करोड ९७ लाख बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ ४२ करोड ७९ लाख र पुँजीगतर्फ ५ करोड १८ लाख रहेको छ । यहाँ चालु आर्थिक वर्षको भन्दा केही रकम कम आएको छ । गत वर्ष यहाँ ४८ करोड ५२ लाख बजेट विनियोजन भएको थियो ।

यस्तै रेसुङ्गा नगरपालिकामा यस पटक ३९ करोड ६५ लाख बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ ३६ करोड २८ लाख र पुँजीगततर्फ ३ करोड ३७ लाख रहेको छ । यहाँ पनि गत वर्षको तुलनामा बजेट कम आएको छ । चालु आर्थिक वर्षमा यस नगरपालिकालाई ४१ करोड १३ लाख  बजेट आएको थियो । यस पटक इस्मा गाउँपालिकालाई ३२ करोड ४ लाख बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ २८ करोड ८४ लाख र पुँजीतर्फ ३ करोड २० लाख रहेको छ । यहाँ गत वर्ष ३१ करोड ३ लाख बजेट विनियोजन भएको थियो । कालीगण्डकी गाउँपालिकालाई ३५ करोड ९० लाख बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ ३१ करोड ९२ लाख र पुँजीगततर्फ ३ करोड ९८ लाख रहेको छ । यहाँ चालु आर्थिक वर्षमा ३४ करोड ४३ लाख बजेट परेको थियो । यस्तै गुल्मीदरबार गाउँपालिकालाई ३२ करोड २१ लाख बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ २९ करोड ३ लाख र पुँजीगततर्फ ३ करोड १८ लाख रहेको छ । यहाँ चालु आर्थिक वर्षमा ३२ करोड १९ लाख बजेट विनियोजन भएको थियो । 

यस्तै चन्द्रकोट गाउँपालिकालाई ३६ करोड १३ लाख बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ ३२ करोड ५३ लाख र पुँजीगततर्फ ३ करोड ६० लाख रहेको छ । यहाँ चालुु आर्थिक वर्षमा ३३ करोड ८४ लाख बजेट परेको थियो । छत्रकोट गाउँपालिकालाई ३९ करोड ३८ लाख बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ ३२ करोड ७८ लाख र पुँजीगततर्फ ६ करोड ६० लाख रहेको छ । यहाँका चालुआर्थिक वर्षमा ३८ करोड ५८ लाख बजेट विनियोजन भएको थियो । यस पटक धुर्कोट गाउँपालिकालाई ४० करोड २७ लाख बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ ३४ करोड ५६ लाख र पुँजीगततर्फ ५ करोड ७१ लाख रहेको छ । यहाँ गतवर्ष ४० करोड ६३ लाख  परेको थियो । यस्तै मदाने गाउँपालिकामा यस पटक ३३ करोड ७३ लाख बजेट विनियोजन भएको छ । जसमा चालुुतर्फ ३० करोड ४८ लाख र पुँजीगततर्फ ३ करोड २५ लाख छुुट्याइएको छ । यहाँ चालुु आर्थिक वर्षमा ३८ करोड २० लाख विनियोजन गरिएको थियो । मालिका गाउँपालिकामा ३८ करोड ८२ लाख बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ ३३ करोड ८३ लाख र पुँजीगततर्फ ४ करोड ९९ लाख रहेको छ । यहाँ चालुआर्थिक वर्षमा ३९ करोड १५ लाख बजेट विनियोजन भएको थियो । रुरुक्षेत्र गाउँपालिकालाई ३७ करोड ३७ लाख बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ ३२ करोड ६२ लाख र पुँजीतर्फ ४ करोड ७५ लाख रहेको छ  । यहाँ अघिल्लो वर्ष ३६ करोड १६ लाख बजेट परेको थियो । यस्तै सत्यवती गाउँपालिकालाई  यस पटक  ४० करोड ३ लाख  बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ ३६ करोड १७ लाख र पुँजीगततर्फ ३ करोड ८६ लाख रहेको छ । यहाँ चालु आर्थिक वर्ष ३८ करोड १० लाख बजेट परेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update