Shittalpati
आवश्यक राहतको व्यवस्था मिलाउन पाल्पा काँग्रेसको ध्यानाकर्षण

पाल्पा । विश्वभर फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लगडाउनका कारण समस्यामा परेका नागरिकहरुका लागि आवश्यक राहतको व्यवस्था गर्न नेपाली काँग्रेस पाल्पाले सरकारको ध्यानाकर्षण गराएको छ ।

काँग्रेसले लामो समयसम्मको लकडाउनका कारण दिनभरी काम गरेर जिवीकोपार्जन गर्ने बर्ग बढी समस्यामा परेको भन्दै तत्काल आवश्यक राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो । शनिबार एक विज्ञप्ती जारी गर्दै काँग्रेसले सरकारले चुनौतीपूर्ण आर्थिक जीवन भोगिरहेका न्यून वर्गका लागि यथासिघ्र विशेष राहतको प्याकेज निर्माण गरेर कार्यान्वयनको प्रक्रिया सुनिश्चित गर्नतर्फ तत्काल ध्यान दिन आग्रह गरेको छ ।

‘जिल्लाका सबैतहगत सरकारी संरचनामा रहेका नेतृत्वलाई यथा समयमा आवश्यक राहत सामग्री उपलब्ध गराउन नेपाली कांग्रेस आव्हान गर्दछ । राहत वितरणका सन्र्दभमा केही स्थानमा गुनासो समेत आएकाले त्यसलाई सुधार गर्न आग्रह गर्दै लकडाउनका समयमा दैनिक ज्यालादारी मजदुरी गरेर जीवननिर्वाह गर्ने मजदुर र श्रमजीवी वर्गलाई ठूलो मार परेको हु“दा पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछौं’ काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीर बहादुर रानाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

आवश्यक राहतको अभावमा खान र बस्न समस्या झेलेका मजदुर र न्यून आयस्रोतका कारण भोकमरी समस्यामा परेका, कतिपय हिंडेरै घरतर्फ जाने क्रममा बाटोमै अलपत्र परेका, कार्यक्षेत्रमै कष्टकर जीवन बिताउन बाध्य नागरिकका लागि गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाउन समेत काँग्रेसले जोडदार माग गरेको छ ।

काँगे्रसले विषंम परिस्थितिमा अझ उच्च मनोवलका साथ कार्यक्षेत्रमा लाग्न र उच्च सुरक्षा प्रवन्ध मिलाउन गरिएका परीक्षणलाई थप तिव्रता दिन एवं औषधीउपचारको राम्रो प्रवन्ध मिलाउनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update