मालिका गाउँ सरकारको युवा लक्षित कार्यक्रम, व्यवसायिक कर्जाका लागि ब्याज अनुदान
शनिबार, भदौ २७, २०७७

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
शनिबार, भदौ २७, २०७७
‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ ।

तानसेन आइपुग्यो युरिया मल
शुक्रबार, भदौ २६, २०७७
धानबालीका लागि आवश्यक युरिया मल तानसेन आइपुगेको छ । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको रासायनिक युरिया मल तानसेन आइपुगेको हो ।

गुल्मी दरबार गाउँपालिकामा वाईफाई जडान
शुक्रबार, भदौ २६, २०७७
जिल्लाको एक स्थानीय तहले सूचनामा नागरिकको सहज पहुँचको लागि फ्री वाइफाई जडान गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सेवाग्राहीको मागलाई ध्यानमा राखेर सूचनामा नागरिकको सहज पहुँच पुगोस् भन्ने उदेश्यले फ्री(वाईफाई जडान गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।

पाल्पामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण
शुक्रबार, भदौ २६, २०७७
जिल्लामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका २ जना र बगनासकाली गाउँपालिकाका ९ जनामा संक्रमण देखिएको हो ।

गुल्मीमा जातीय विभेद मुद्दाको फैसला : पीडकलाई ३ महिना कैद र ५० हजार जरिवाना
शुक्रबार, भदौ २६, २०७७
जिल्लामा जातीय विभेद तथा छुवाछुत मुद्दाको फैसला भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको फोक्सिङमा भएको जातीय विभेद तथा छुवाछुतको जिल्ला अदालत गुल्मीद्धारा फैसला भएको हो । पीडितले छुवाछुत तथा जातीय विभेद सम्वन्धि जाहेरी दर्ता गरेको दुई महिना पछि जिल्ला अदालतका न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले फैसला गरेको छ ।

लुम्बिनी मेडिकल कलेज पाल्पाका अध्यक्ष पोखरेललाई कोरोना
शुक्रबार, भदौ २६, २०७७
लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पाका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारीका बेलामा पनि अस्पतालमा रहेर जनताको सेवामा सक्रिय रहदै आएका पोखरेलको लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको हो ।

नेपालमा ७० प्रतिशत संक्रमित निको भए
बिहीबार, भदौ २५, २०७७
नेपालमा संक्रमितको संख्यामा वृद्धि हुँदै गए पनि निको हुनेको दर पनि बढ्दै गएको छ । अहिले सम्म नेपालमा कुल संक्रमितको ७० प्रतिशत संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना पुुष्टि,तानसेन प्रवेश गर्नेलाई पिसिआर रिपोर्ट अनिवार्य
बिहीबार, भदौ २५, २०७७
पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना भाइरस पुष्टि भएको छ । बुधबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ जना जनप्रतिनिधिसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बम विस्फोटमा दुईको मृत्यु, १२ घाइते
बिहीबार, भदौ २५, २०७७
अफ्गानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ ।

गुल्मीमा बीपी जयन्तीः बीपीको विचार नभुल्न आग्रह
बुधबार, भदौ २४, २०७७
गुल्मीमा पनि नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्ती मनाईएको छ । नेपाल तरुण दल गुल्मीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०७ औं जन्मजयन्ती एक कार्यक्रमका बिच मनाएको हो ।

१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, भदौ २४, २०७७
प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी...

बीपी जयन्तीको अवसरमा तानसेनमा पुस्तकालय स्थापना
बुधबार, भदौ २४, २०७७
बीपी स्मृति पुस्तकालयको स्थापना गरिएको छ । १०७ औं विपी जयन्तीको अवसरमा पाल्पा काँग्रेसले तानसेनमा बीपी स्मृति पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले उद्घाटन गरेका हुन् ।