अभिभावक पढाउँदै बाल ज्योति
आइतबार, साउन २७, २०८१
कागजका नाग टाँसिँदै, साँच्चैका मासिँदै
शुक्रबार, साउन २५, २०८१
आज श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी । हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबरसहित नागको पूजा अर्चना गरी मनाउँदै छन् ।
१५ दिनमै अर्को हवाई दुर्घटना, पाँच जनाको मृत्यु
बिहीबार, साउन २४, २०८१
२०८१ साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरलायन्स दुर्घटनाको १५ दिन नबित्दै फेरि नेपाली अकासमा अर्को ठूलो हवाई दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइनको हेलिकप्टर बुधबार दिउँसो शिवपुरी–७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको हो ।
प्रतितोला डेढ लाख पुुग्यो, नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सीमित
मंगलबार, साउन २२, २०८१
विश्व बजारसँगै नेपालमा पनि सुनको भाउ निरन्तर वृद्धि भएर नयाँ रेकर्ड राख्ने क्रम जारी छ । एक वर्षको अवधिमा सुन एक तोलामै करिब ३८ हजारले वृद्धि भएको छ । गत वर्षको साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय थियो । २०८१ साउन १ गते...
ताराले जन्मदिनमा आश्रममा पुगेर गराइन् असहायलाई भोजन
आइतबार, साउन २०, २०८१
पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला पाल्पामा भने एक युवतीले जन्मदिनमा असहायलाई भोजन गराएकी छन् । गुल्मीको मुसिकोट नगरपालिका– ३ धरम्पानीका शिवबहादुर कार्की र कमला कार्कीको सुपुत्री हाल कुमारी बैंक पाल्पा शाखामा कार्यरत तारा कार्कीले आफ्नो २८...
पूर्ण स्तनपान गराउँदैनन् धेरै आमा !
बिहीबार, साउन १७, २०८१
स्तनपान गराएमा शरीरको बनोट बिग्रिन्छ भन्ने भ्रमले कतिपय आमाले बच्चालाई स्तनपान गराउँदैनन् । विशेषतः पछिल्लो पुस्ताका पहिलो सन्तान जन्माउने आमाहरु शरीर बिग्रने डरले पूर्ण स्तनपान गराउने मामिलामा उदासीन देखिन्छन् ।
लुम्बिनीमा प्रदेश प्रमुख फेरिएको फेरियै
बुधबार, साउन १६, २०८१
राजनीतिक भागबण्डामा नियुक्त गर्ने र सत्तासमीकरणमा तलमाथि हुने बित्तिकै पहिलो प्रहार प्रदेश प्रमुखमाथि हुने गरेको छ । केन्द्र सरकारको मनलाग्दीले प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको खेलले प्रदेश प्रमुख पदकै गरिमा, महत्व र ओजन घट्दै गएको छ ।
खिर खाएर साउन पन्ध्र मनाइँदै
मंगलबार, साउन १५, २०८१
आज साउने पन्ध्र पर्व मनाइँदै छ । साउन १५ मा रोपाइँ सकेर खिर खाने चलन छ । किसानहरुले साउन १५ लाई विशेष खिर खाने दिनका रुपमा मनाउने गरेका छन् । पहिले ग्रामीण क्षेत्रमा बढी मनाइने खिर खाने चलन पछिल्लो समय सहरी क्षेत्रमा पनि मनाउने प्रचलन बढ्दो छ ।
महँगीको मारमा उपभोक्ता
सोमबार, साउन १४, २०८१
दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि ।
पाल्पाका उद्योगी–व्यवसायीलाई कर शिक्षा
शनिबार, साउन १२, २०८१
जिल्लाका उद्योगी–व्यवसायीहरुका लागि तानसेनमा कर सम्बन्धी शिक्षा दिइएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले पाल्पा उद्योग वाणिज्य संघको आयोजना र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा शुक्रबार कर शिक्षा प्रदान गरिएको हो ।
केन्द्रको हस्तक्षेपले लुुम्बिनीमा व्यापक असन्तुष्टि
शुक्रबार, साउन ११, २०८१
प्रदेश सरकारहरुले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा राजनीतिक स्थिरता कायम हुने र संघीयता कार्यान्वयन प्रभावकारी हुने आम अपेक्षा थियो । तर दोस्रो कार्यकालको यतिका समय वित्दा समेत प्रदेश सरकारहरु अस्थिर देखिएका छन् । केन्द्रमा फेरिएको गठबन्धनको प्रभाव प्रदेशमा समेत सरेको छ ।
असुरक्षित बन्दै हवाई यात्रा
बिहीबार, साउन १०, २०८१
चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भयो ।
अझै भेटिएनन् त्रिशूलीमा बेपत्ता बस
बुधबार, साउन ९, २०८१
पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन् । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको १२ औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ ।


