Shittalpati
गुल्मीमा उपभोक्ता ठग्दै गुड उद्योग : उखुको भन्दै भेलीको गुड विक्री
गुल्मीमा उपभोक्ता ठग्दै गुड उद्योग : उखुको भन्दै भेलीको गुड विक्री  गुल्मीको छत्रकोट गाउँपालिकामा सञ्चालित गुुड उद्योगहरुले शुद्ध उखुुको भन्दै भेलीको गुड विक्री गर्ने गरेको तथ्य भेला परेको छ ।
जनताका समस्या पाल्पा काँग्रेसको प्राथमिकता
जनताका समस्या पाल्पा काँग्रेसको प्राथमिकता नेपाली काँग्रेस पाल्पाले जनताका जल्दाबल्दा समस्यामा चासो देखाएको छ । उसले  दैवी विपत्ति, जंगलमा डढेलो, मानव बस्तीमा आगलागी, वातावरणीय प्रदुषण तथा विभिन्न संघ संस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नु परेका समस्याहरुका बारेमा चासो देखाएको हो ।
जनसरोकारका विषयमा पाल्पा काँग्रेसले गरायो सिडियोलाई ध्यानाकर्षण   
जनसरोकारका विषयमा पाल्पा काँग्रेसले गरायो सिडियोलाई ध्यानाकर्षण    नेपाली काँग्रेस पाल्पाले जनसरोकारका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । उसले  दैवी विपत्ति, जंगलमा डढेलो, मानव बस्तीमा आगलागी, वातावरणीय प्रदषण तथा विभिन्न संघ संस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नु परेका समस्याहरुको समाधान गर्न प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको ध्यानाकर्षण गराएको हो ।
तानसेन बसपार्क निर्माणमा ढिलाइ
तानसेन बसपार्क निर्माणमा ढिलाइ जिल्लाको सदरमुकाम तानसेनमा बसपार्क निर्माणमा ढिलाइ भएको छ । बसपार्क निर्माणको जिम्मा पाएको स्वयम्भुु—रेडअर्थ—हमाल जेभी कन्ट्रक्सनले विभिन्न वाहनामा निर्माण कार्यमा ढिलासुुस्ती गरेको हो ।
पर्यटनका लागि सम्भावना बोकेको ‘रेसुङ्गा’
पर्यटनका लागि सम्भावना बोकेको ‘रेसुङ्गा’ ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको गुल्मीको रेसुङ्गा पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना रहेको क्षेत्र हो । यहाँबाट ठूला–ठूला हिमशृंखलासहित रमणीय दृश्य देख्न सकिन्छ । मौसमका लागि यो क्षेत्र अत्यन्त उपयुक्त समेत रहेको छ ।
अस्ताए पनि चम्किरहने प्रा.डा. वेणीमाधव
अस्ताए पनि चम्किरहने प्रा.डा. वेणीमाधव संस्कृत विद्याशिरोमणी प्रा.डा.वेणीमाधव ढकाल अब हामी माझ रहेनन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ठिमुरे पौरखनीमा पण्डित चूडामणि ढकाल र दिव्यलक्ष्मीको कोखबाट कान्छो छोराका रूपमा २००६ वैशाख २६ गते जन्मिएका ढकालकाको ७५ वर्षको उमेरमा गत मंगलबार (वैशाख १८ गते) आफ्नै निवास काठमाडौंमा निधन भयो ।
काँग्रेसले उठाएका हरेक मुद्दा श्रमिकका पक्षमा छन् : सभापति श्रेष्ठ
काँग्रेसले उठाएका हरेक मुद्दा श्रमिकका पक्षमा छन् : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसले उठाउने गरेका हरेक मुद्दा श्रमिकका पक्षमा रहेको बताएका छन् ।
लुम्बिनीका जिल्लामा अत्यधिक गर्मी, तातो हावाको लहर अझै बढ्ने
लुम्बिनीका जिल्लामा अत्यधिक गर्मी, तातो हावाको लहर अझै बढ्ने केही दिनयता मुलुकका अधिकांश क्षेत्रमा तापक्रम वृद्धि हुँदा गर्मी बढेको छ । लुम्बिनी प्रदेशमा तराई जिल्लाका केही स्थानमा तापक्रमले सीमा नाघेको छ । ती स्थानहरुमा ४० डिग्री सेल्सियस तापक्रम नाघेको हो ।
कानुन निर्माणमा स्थानीय सरकारसँग सहकार्य  गर्छौं : सभामुख घर्ती 
कानुन निर्माणमा स्थानीय सरकारसँग सहकार्य  गर्छौं : सभामुख घर्ती  लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तह र प्रदेशसभाबिच कानुन निमार्णमा सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
पाल्पा औलोको जोखिममा, सरकारी लक्ष्य प्राप्तिमा चुनौती   
पाल्पा औलोको जोखिममा, सरकारी लक्ष्य प्राप्तिमा चुनौती     पहाडी जिल्ला पाल्पा पनि औलोको जोखिममा छ । सामान्यतया तराईका जिल्लामा बढी देखिने औलोरोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको छ ।
टुँडिखेलमा गराइयो आगलागी सम्बन्धी कृत्रिम अभ्यास
टुँडिखेलमा गराइयो आगलागी सम्बन्धी कृत्रिम अभ्यास सोमबार बिहान एकाएक तानसेनस्थित टुँडिखेलमा फुसको छानो भएका घरबस्तीमा आगलागी भयो । लागुपदार्थ सेवन गरेर आएका तीन जना व्यक्तिले चुरोट सल्काएर ठुँटो फालेपछि त्यहाँ रहेको सल्लीपिलरमा आगो सल्कन गई वस्तीमै पुगेको थियो । आगलागी भएको सूचना प्रहरी कन्ट्रोलमा आयो ।
Weather Update