रामपुर उद्योग वाणिज्य संघले दियो पूर्वखोला र निस्दी सरकारलाई खाद्यान्न
बिहीबार, वैशाख १८, २०७७
मिसन अस्पतालमा गुल्मीकी एक सुत्केरीको मृत्यु
बुधबार, वैशाख १७, २०७७
तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा सुत्केरी भएकी एक महिलाको मृत्यु भएको छ । सोमबार राती अस्पताल भर्ना भएकी गुल्मी सत्यवती गाउँपालिका ४ की २० वर्षकी रेखा ज्ञवालीको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो । ज्ञवालीको एटलाम्सीयाका कारण उच्च रक्तचाप र मृगौलामा समस्या देखिएको अस्पतालका डा.निरञ्जन शर्माले बताए ।
माथागढीमा बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने
बुधबार, वैशाख १७, २०७७
तपाईंले आफ्नो स्वामित्वको कृषियोग्य जग्गा बाँझो राख्नु भएको छ ? त्यसो हो भने अब त्यसमा केही न केही उब्जनी गर्ने गरी तयारी थाल्नुस् । स्थानीय सरकारले अब बाँझो रहेको कृषियोग्य जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने भएको छ ।
रैनादेवी छहराको कोरोना राहत कोषमा व्यवसायी र क्याम्पसको सहयोग
बुधबार, वैशाख १७, २०७७
(छहरा) जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको कोरोना विपद् कोषमा व्यवसायी र केही शैक्षिक संघ संस्थाहरुले सहयोग गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रैनादेवी छहरा भित्रका व्यवसायी र भैरव बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेका हुन् ।
प्रदेश ५ः राहत वितरण एकद्वार प्रणालीबाट गर्न सुझाव
बुधबार, वैशाख १७, २०७७
बन्दाबन्दीमा नागरिकलाई वितरण गरिएको राहतका विषयमा जिल्ला समन्वय समितिले चासो देखाएको छ । समितिले राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउँदै नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न सरोकार पक्षसँग छलफल गरेको छ । छलफलमा सहभागी प्रदेश नं ५ का प्रदेशसभा सदस्य विजय यादवले राहत वितरण वडास्तरमा सर्वदलीय संयन्त्र बनाएर व्यवस्थित गर्न सुझाव...
थप चारमा संक्रमण, ५८ पुगे संक्रमित
बुधबार, वैशाख १७, २०७७
सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
एकै गाउँका चारजनाको रहस्यमय मृत्यु
बुधबार, वैशाख १७, २०७७
महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए ।
नियमित खोप सँगै अण्डा वितरण गर्दै रामपुर सरकार
बुधबार, वैशाख १७, २०७७
विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बचाउन जारी रहेको लकडाउनका कारण गत चैत महिनामा अधिकांश स्थानमा नियमित खोप प्रभावित बन्न पुग्यो । बालबालिकाहरुलाई पूर्णखोप सुनिश्चिताको लागि ‘बैशाख महिना : खोप महिना’ भएकाले स्थानीय तहहरुले लकडाउनका बीच खोपलाई निरन्तरता दिएका छन् ।
युवाहरुको प्राविधिक सहयोगमा ज्वरो परीक्षण कक्ष निर्माण
बुधबार, वैशाख १७, २०७७
रामपुर अस्पतालमा युवाहरुले व्यवस्थित ज्वरो कक्ष निर्माण गरेका छन् । रामपुर– ३ का युवाहरुले निःशुल्क प्राविधिक सहयोगमा विश्व स्वास्थ्य संगठनको मापडण्द अनुसार ज्वरो कक्ष निर्माण गरेका हुन् ।
सरकार संकटमा
बुधबार, वैशाख १७, २०७७
प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टी भित्रबाट सरकार छोड्ने व्यापक दवाव आएपछि अहिले ओली र उनको खेमाका नेताहरुमा नयाँ राजनैतिक तरङ्ग आएको अनुभूति हुन थालेको छ ।


