खोली तर्दै, ओली
बुधबार, जेठ २८, २०७७
प्रदेश पाँच सरकारबाट १८ पक्की पुल बन्दै
बुधबार, जेठ २८, २०७७
आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश पाँच अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ पक्की पुल निमार्ण जारी राखेको छ । प्रदेश सरकारको लगानीमा तीन जिल्लामा सानो तथा ठूलो लगानीमा ती पुल निर्माण भइरहेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ । मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका...
तानसेन गुठीद्वारा ९३ विपन्न परिवारलाई राहत वितरण
मंगलबार, जेठ २७, २०७७
तानसेन गुठी काठमाडौंले तानसेनका विपन्न परिवार ज्याला मजदुरी दैनिक छाक टार्न समस्या परेका परिवारलाई राहत वितरण गरेको छ । तानसेन गुठी काठमाडौंको आर्थिक सहयोग र तानसेन गुठी तानसेनको समन्वयमा तानसेनका विभिन्न वडा–वडामा पुगी राहत वितरण गरेको हो ।
गुल्मी अस्पताल र आँखा उपचार केन्द्रलाई स्वास्थ्य सामग्री
मंगलबार, जेठ २७, २०७७
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै गुल्मी अस्पताल तथा आँखा उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नेश्नल हेल्थ केयर प्रालि र क्युरेक्स फर्माक्युटिकल प्रालिको स्टकिट, बविता फर्मा गुल्मीले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
सांसद रानाले गरे क्वारेन्टाइनको अनुगमन
मंगलबार, जेठ २७, २०७७
पाँच नम्बर प्रदेशका प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले क्वारेन्टाइनको अनुगमन गरेका छन् । सांसद रानाले जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टाइनको अनुगमन गरेका हुन् । रैनादेवी छहराको भुवनपोखरीमा सबै भन्दा धेरै भारतबाट फर्केका नागरिक छन् ।
गुल्मीका स्थानीय तह र अन्य संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण
मंगलबार, जेठ २७, २०७७
जिल्लामा रहेका विभिन्न स्थानीय तह र अन्य संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । पूर्वमन्त्री एवं गुल्मी निर्वाचन क्षेत्र नं २ का सांसद गोर्कण विष्टको पहलमा गृह जिल्लामा ल्याईएका स्वास्थ्य सामग्री मंगलबार सबै स्थानीय तह तथा अन्य संघ–संस्थालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको हो । संक्रमण वृद्धि भइरहेको...
पर्वतीय पर्यटन प्रवद्र्धन गर्दै भिरकोट
मंगलबार, जेठ २७, २०७७
पर्वतीय पर्यटन प्रवद्र्धन गर्न भिरकोट नगरपालिका योजना निर्माणमा जुटेको छ । पर्यटनका माध्यमबाट नगरको विकासका साथै नगरवासीलाई रोजगारी समेत दिने भन्दै नगरपालिका योजना निर्माणमा जुटेको हो । नगरपालिकाले नगरभित्र रहेका ऐतिहासिक एवं विभिन्न धार्मिक क्षेत्रहरुलाई समेटेर ती क्षेत्रको वृहत्तर पर्वतीय पर्यटन विकासको डिपिआर निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख...
भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना
मंगलबार, जेठ २७, २०७७
भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना भएको छ । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सोमबार कार्यालय स्थापना गर्दै सङ्कट ग्रस्त पर्यटन क्षेत्रलाई जीवन्तता दिन प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने बताए । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले पर्यटन क्षेत्रमा कोरोनाले पारेको प्रभावका...
हत्या गरेको आशङ्कामा नियन्त्रणमा
मंगलबार, जेठ २७, २०७७
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्या गरिएकामा एक महिला र चार पुरुष छन् । घटनास्थल गाई फार्म नजीकै भेटिएका झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी...
काँग्रेस नेता डा.भण्डारीलाई पितृशोक
मंगलबार, जेठ २७, २०७७
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीलाई पितृशोक परेको छ ।
रामपुरमा २५ वेडको आइसोलेशन वेड तयार
मंगलबार, जेठ २७, २०७७
शहिद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा २५ वेडको आईसोलेशन वेड तयार गरिएको छ । कोरोना पोजेटिभ देखिएका विरामीहरुको व्यवस्थापनको लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले संयुक्त रुपमा बेड तयार गरेका हुन् । जेठ २ गते तानसेनमा भएको सर्वपक्षिय बैठक अनुसार निस्दी र रामपुरले रामपुरमा ५० वेडको आइसोलेशन निर्माण गर्ने भनिएको...


