Shittalpati
अदुअआका उजूरी स्थानीय तहका बढी

गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा परेका उजूरीमध्ये गुल्मीबाट सबैभन्दा बढी स्थानीय तहका विषयमा परेका छन् । आर्थिक वर्ष २०६६/०६७ मा गुल्मीबाट परेका ९७ मध्ये ३९ स्थानीय तहका उजूरी दर्ता भएको आयोगको कार्यालय बुटवलका प्रमुख भीष्कुमार भुसालले जानकारी दिए । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण तीन, सञ्चार तथा सूचना प्रविधिका तीन, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय पुनर्निमाण प्राधिकरण, खानेपानी र वन वातावरण अन्तर्गतका दुईदुई गरी १५ कार्यालयका ९७ उजुरी दर्ता भएका छन् ।

एक वर्षका अवधिमा गुल्मीबाट आयोगमा परेका उजूरीमध्ये ५१ फछ्र्योट भइसकेको छ भने अन्य ४६ बाँकी रहेको आयोगको कार्यालय बुटवलले जनाएको छ । आर्थिक वर्ष २०६६/०६७ मा प्रदेश ५ अन्तर्गत आयोग बुटवलमा ७९७ उजूरी दर्ता गरिएकोे, २५ स्ट्रिङ्ग अपरेशन गरिएकामा ४२ व्यक्ति पक्राउ परेको र अपरेशनबाट रु ३२ लाख ६२ हजार बरामद गरिएको आयोगका प्रमुख भुसालले बताए । -रासस

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update