Shittalpati
सिद्धबाबा क्षेत्रमा डबल क्याप दुर्घटना हुँदा ६ जना घाईते, २ को अवस्था गम्भीर

पाल्पा । तानसेन बुटवल खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा मंगलबार डबल क्याप गाडी दुर्घटना भएको छ । पाल्पादेखि बुटवलतर्फ जाँदै गरेको गाडी तिनाउ गाउँपालिका ३ सिद्धबाबा मन्दिर नजिकैबाट खस्दा ६ जना घाईते भएका छन् ।

प्रदेश ३–०१२२ च ४५२२ नम्बरको डबल क्याप अपरान्ह सवा ४ बजे सडकबाट झण्डै १ सय ५० मिटर तल तिनाउँ खोला किनारमा पुगेको थियो । घाइते हुनेहरुमा चालक तिनाउ ३ दोभानका ३८ वर्षिय दयाराज पाण्डे सोही स्थानका ३६ वर्षिय नन्दलाल बस्याल, २८ वर्षिय कृष्ण बस्याल, ४५ वर्षिय बालकृष्ण बस्याल, ३८ बर्षिय शिव पाण्डे र ३८ वर्षिय विनोद बस्याल रहेका छन् । उनीहरु मध्ये चालक पाण्डे र नन्दलालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईते ६ जनालाई उपचारका लागि बुटवल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update