Shittalpati
विपद् व्यवस्थापनको तयारी थालौं
विपद् व्यवस्थापनको तयारी थालौं हरेक वर्ष दोहोरिरहने बाढी, पहिरो र डुबानले यस वर्ष पनि क्षति पुर्‍याएको छ । वर्षायाम सुरु भएसँगै बाढी तथा पहिरोका कारण धनजनको क्षति भइरहेका समाचार बढ्दै गएका छन् । यस्तो बाढीपहिरोको समस्या देशको पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्रमा फैलिएको छ ।
खुर्सानी र टमाटर बारीमै कुहिँदा कृषक चिन्तित
खुर्सानी र टमाटर बारीमै कुहिँदा कृषक चिन्तित बारीमा लगाएको खुर्सानी र टमाटर बारीमै कुहिँएपछि पाल्पा र गुल्मीका कृषक चिन्तित बनेका छन् । बारीमा लगाएको टमाटरमा किरा लाग्नु र बजारमा लैजानका लागि तयारी भएको खुर्सानीले बजार नपाई बारीमै कुँहिदा कृषक चिन्तित बनेका हुन् ।
गुल्मीमा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक
गुल्मीमा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक जिल्लामा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक निर्माण गरिएको छ । भौगोलिक बनावटलाई हेरी विभिन्न तरकारीको बाली ब्लक निर्माण गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई प्रोत्साहित गर्दै उत्पादनमा वृद्वि गर्न बालीको ब्लक स्थापना गरेको छ । केन्द्रले इस्मामा कोदो ब्लक, अर्खाबाङ्गमा आलु, ठूलोलुम्पेक र रेसुङ्गा नगपालिकामा तरकारी ब्लक,...
यसरी सम्झियो ज्ञानमाला संघले भिक्षु डा.ज्ञानपूर्णिकलाई
यसरी सम्झियो ज्ञानमाला संघले भिक्षु डा.ज्ञानपूर्णिकलाई ज्ञानमाला संघ, आनन्द विहार तानसेनले नेपालका पुज्यापाद सातौ संघनायक अग्ग महापंडित धम्माचार्य श्रध्देय भिक्षु डा.ज्ञानपूर्णिक महास्थविरलाई एक कार्यक्रम गरी सम्झिएको छ । संघले उपचारका क्रममा असार १९ गते काठमाडौंको सुमेरु अस्पतालमा दिवंगत भएका भिक्षु डा. महास्थविरको सातौ दिनको पूण्य तिथिमा श्रद्धाञ्जली तथा दिप प्रज्वलन गरी सम्झिएको हो ।
पाल्पाका थप ११ जना संक्रमितले कोरोना जिते, घर फर्कने संख्या ७० पुग्यो
पाल्पाका थप ११ जना संक्रमितले कोरोना जिते, घर फर्कने संख्या ७० पुग्यो जिल्लामा थप ११ जना संक्रमितले कोरोना जितेका छन् । बिहीबार मात्र पूर्वखोला गाउँपालिकाका ११ जना संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् । गाउँपालिकामा निको भएर घर फर्कनेको संख्या १२ पुगेको छ ।
आलेख : स्थानीय तहका न्यायिक समिति ओझेलमा
आलेख : स्थानीय तहका न्यायिक समिति ओझेलमा नेपालको संविधानले स्थानीय तहका उपप्रमुखहरुलाई स्थानीयस्तरमा हुने विवादित विषयमा न्याय निरुपण गर्ने अधिकारको व्यवस्था गरेको छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा न्यायिक समिति गठन पनि भएका छन् । स्थानीयस्तरमा आइपर्ने फौजदारी अभियोग बाहेकका सबै मुद्दाहरुमा न्याय निरुपण गराउने अधिकार संविधानले नै यी समितिहरुलाई दिएकोे छ ।
गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा
गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा भएको छ । समाजले उक्त बैठकमा संस्थाको आम्दानी र खर्च सावजनिक समेत गरेको छ । कोभिड-१९ ले समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा संकलन गरिएको अष्ट्रेलियन डलर ५ हजार,६ सय, ६० रुपैया बराबरको विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ ।
स्थानीय तह पदाधिकारी सुविधा विधेयक प्रमाणीकरण
स्थानीय तह पदाधिकारी सुविधा विधेयक प्रमाणीकरण प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले विहिबार ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । सो विधेयक यही असार २२ गते प्रदेशसभाबाट पारित भएको थियो ।
गुल्मी काँग्रेस पुग्यो राहत लिएर पहिरो प्रभावित क्षेत्रमा
गुल्मी काँग्रेस पुग्यो राहत लिएर पहिरो प्रभावित क्षेत्रमा जिल्लाका पहिरो पीडितका लागि नेपाली काँग्रेस गुल्मीले आवश्यक राहत सहयोग गरेको छ । ईस्मा गाउँपालिका १ मल्दीका पहिरो पीडितलाई काँग्रेसले १ लाख ५० हजार बराबरको राहत सहयोग गरेको हो । पीडामा परेका नागरिकलाई केही भए पनि सहयोग पुगोस् भनेर राहत सहयोग गरेको पार्टी सचिव खिलध्वज पन्थीले बताए ।
रामपुरमा जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनमा
रामपुरमा जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनमा रामपुर नगरपालिकाले जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनमा ल्याएको छ । जेष्ठ नागरिकहरुको दैनिकीलाई सहज बनाउन नगरपालिकाले राधाकृष्ण मन्दिरमा मिलन केन्द्र सञ्चालन गरेको हो ।
Weather Update