Shittalpati
वडा सदस्य श्रेष्ठको निधन

पाल्पा । तानसेन नगरपालिका २ का वडा सदस्य तथा समाजसेवी, नेपाली काँग्रेसका नेता गोपाल श्रेष्ठको निधन भएको छ । मुटु रोग सम्बन्धित उपचार गराईरहेका श्रेष्ठको बुधबार विहान काठमाडौंमा निधन भएको हो । लामो समयदेखि मुटु रोगले उनी ग्रस्त रहेका थिए । श्रेष्ठ तानसेन गुठीलगायतका एक दर्जन संघसंस्थामा सक्रिय रहेका थिए । उनको निधनबाट तानसेनले एक कुसल जनप्रतिनिधि, राजनितिज्ञ, समाजसेवी गुमाएको छ ।

श्रेष्ठको निधनप्रति नेपाली काँग्रेस पाल्पाले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिएको थियो । जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर राना लगायतका नेता कार्याकर्ताहरुले उनको पार्थिव शरिरमा झण्डा अ‍ेढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । त्यस्तै उनको निधनप्रति तानसेन नगरपालिकाले पनि अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । उनको विहीबार मात्र अन्तिम दाहसंस्कार गरिएको पारिवारीक स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update