Shittalpati
पाल्पा साहित्य समाजले सम्झियो भर्चुअल कवि गोष्ठीमार्फत साहित्यकार रिपलाललाई

पाल्पा । पाल्पा साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी सुधारवादी साहित्यकार रिपलाल विश्वकर्मालाई सम्झिएको छ । रिपलालको १०७ औँ जन्म जयन्तीको अवसर पारेर समाजले उनको योगदानको चर्चा गर्दै सम्झिएको हो । वि.स २०५१ सालमा स्थापित पाल्पा साहित्य समाजले समय सापेक्ष विभिन्न साहित्यकारहरुको योगदानलाई स्मरण गर्दै आएकोमा सुधारवादी साहित्यकार रिपलाललाई पनि जन्मजयन्तीका अवसरमा सम्झन पुगेको छ । नेपाली साहित्यको विकासमा रिपलालको योगदान महत्वपूर्ण रहेको समाजका अध्यक्ष पुष्कर अथक रेगमीले बताए । नेपाली साहित्यको श्रीवृद्विका लागि लकडाउनका बेलामा पनि भर्चुअल कवि गोष्ठीमार्फत रिपलालको योगदानको चर्चा गरिएको अध्यक्ष रेगमीले जानकारी दिए । साहित्यकार रिपलालको जन्म वि.स.१९७१ असारमा र स्वर्गारोहण वि.स २०५२ पौषमा भएको थियो । पाल्पाका अग्रज अमर स्रष्टाहरुको सूचिमा पाल्पा साहित्य समाजद्वारा प्रकाशित अमृताञ्जलीमा रिपलालको जीवनी संग्रह गरिएको समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले बताए । उनले ‘अझै पनि नेपाली समाजमा जातिय भेदभावको कारणले गर्दा सामाजिक, साहित्यिक योगदान पुर्‍याएका व्यक्तिहरुलाई विभेदपूर्ण ढङ्गले हेर्ने गरेको भए पनि पाल्पाको साहित्यिक इतिहासमा रिपलाललाई समाजले योगदानको कदर गर्दै सम्मान गर्नुको साथै उनको जिवनी समेत पुस्तकमा राखेर सम्झना गर्नु आफैमा अनुकरणीय रहेको छ ।’ संरक्षक सिहंले यस्ता साहित्यकारहरुको अन्य साहित्यिक संघसंस्थाहरुले पनि सम्मान गर्नु पर्नेमा जोड दिए ।

 

गोष्ठीको नातीनी बुहारी विष्णु हिताङ्गद्वारा रिपलालको कविता वाचन गरी शुभारम्भ गरिएको थियो ।गोष्ठीमा विभिन्न जिल्लाका कवि, कवियत्री र साहित्यकारहरुको सहभागिता रहेको समाजले जनाएको छ । गोष्ठिमा पुष्कर अथक रेग्मी, राजेन्द्र गोपाल सिंह, चिरञ्जिवी शर्मा ढुङ्गना, महेन्द्र पन्थी, युवराज पौड्याल, रामप्रसाद अर्याल, सीता विष्ट कार्की, प्रज्वल शर्मा, विनोद नेपाल, गोविन्द खनाल, प्रेम खराल, चन्द्रकान्त न्यौपाने, शान्ता शाक्य, गंगा अभिलाषी, विजु पछाई, भरतकुमार रसाली, राजजी आयाम कार्की, कल्पना नेपाल, भावना खनाल, तारा बराल, राजन विक, शान्ति कालीराज, शारदा नेपाल, सलुजा, चन्द्रावती अधिकारी, विष्णु हिताङ्ग, शान्ति हिताङ्ग, रकी कालीराज, दिनेश कालीराज, यशोधा कालीराज, श्याम कालीराज, अस्थका, जमुना रायमाझी, भोजकुमारी पाण्डे लगायतको उपस्थिती रहेको थियो । सहभागीहरुले रिपलालप्रति शब्द श्रद्धाञ्जली अर्पण गर्दै कविता वाचन गरेका थिए । सोही अवसरमा रिपलालको योगदानसँगै शान्ता शाक्यद्वारा वाचन गरिएको कविताहरुको समीक्षा गरिएको थियो । कार्यक्रममा समाजका सल्लाहकार चिरञ्जिवी शर्मा ढुङ्गनाले साहित्यकार रिपलालको व्यक्तित्व एंव कृति माथि प्रकाश पारेका थिए । समाजका अध्यक्ष रेग्मीको अध्यक्षता, संरक्षक सिहंको सहजीकरणमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update