Shittalpati
असारे योजना विनाश कि विकास ?
असारे योजना विनाश कि विकास ? नेपालमा असार महिनामा खासगरी दुई थरि मानिसहरूका लागि भ्याइनभ्याइको व्यस्तता हुन्छ । तिनमा एकथरी कृषक र अर्का थरि हुन् पूर्वाधार विकास कर्ममा जोडिएका निकायसँग सम्बद्ध मानिसहरू । यतिबेला कृषकहरूलाई रोपाइँ गर्न खेताला, गोरु, ट्याक्टर बन्दोबस्त, पानी, मलको जोहो लगायत कामको चटारो छ ।
मास्क अनिवार्य लगाऔं
मास्क अनिवार्य लगाऔं कोभिड-१९ को प्रभाव मुलुकभित्र विस्तारै बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार यसको संक्रमणबाट ३५ जनाको मृत्यु भइसकेको छ । १६ हजार भन्दा बढीमा संक्रमण फैलिएको छ । संक्रमितको संख्या हरेक दिन बढिरहेको छ । तर, यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा राज्यले प्रभावकारी कदम चाल्न सकेको देखिदैन ।
पाल्पाका थप १२ जना संक्रमितले कोरोना जिते
पाल्पाका थप १२ जना संक्रमितले कोरोना जिते जिल्लामा थप १२ जना संक्रमितले कोरोना जितेका छन् । बुधबार मात्र माथागढी गाउँपालिकाका १, रैनादेवी छहरा गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका १, रिब्दीकोट गाउँपालिकाका ३, निस्दी गाउँपालिकाका २ र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत ठेगाना नखुलेको बाहिरी जिल्लाका १ जना गरी १२ जना संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् ।
पाल्पा प्याब्सनद्वारा शिक्षकलाई राहत
पाल्पा प्याब्सनद्वारा शिक्षकलाई राहत लामो समयदेखिको बन्दाबन्दीका कारण प्रभावित बनेका शिक्षकहरुलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले राहत सामग्री वितरण गरेको छ । कोरोना महामारीका कारण ४ महिनादेखि शैक्षिक सस्थाहरु बन्द रहेकाले प्रभावित बनेका जिल्लाका संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई प्याब्सनले राहत सामग्री सहयोग गरेको हो ।
मिडियामा छुट्टाएको बजेट खोज्दै प्रकाशन प्रसारण समाज
मिडियामा छुट्टाएको बजेट खोज्दै प्रकाशन प्रसारण समाज प्रदेश सरकरले वर्षेनी मिडियाको लागि भनेर वजेट विनियोजन गरेको कुरा बजेट भाषणमा मात्र सुन्न पाईएइको छ तर कुन मिडियाले के कति मात्रामा बजेट पाए भन्ने विषयमा हाल सम्म पनि जानकारी हुन सकेको छैन । प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले भने यस विषयमा खोज्न थालेको छ ।
सिण्डिकेट कायम गर्दा सञ्चार गृह संकटमा
सिण्डिकेट कायम गर्दा सञ्चार गृह संकटमा सरकारी सूचना र विज्ञापनहरु सिधै सञ्चार गृहमा दिन रोकेर कमिसनका लागि विज्ञापन एजेन्सीहरुसंग मिलेमतो गरी सिण्डिकेट कायम गर्दा सञ्चार गृहहरु आर्थिक संकटमा परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्रकाशन तथा प्रशारण समाज रुपन्देही र चांदनी नेपालले बुटवलमा गरेको अन्तक्र्रियामा सहभागी रुपन्देहीका सञ्चारगृहका सञ्चालकहरुले सरकारी सूचना र विज्ञापनहरु सिधै सञ्चार...
प्रकाशन प्रशारण समाजद्धारा कानुन मन्त्रीलाई ज्ञापन पत्र
प्रकाशन प्रशारण समाजद्धारा कानुन मन्त्रीलाई ज्ञापन पत्र प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले प्रदेश ५ का अन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संस्थाका अध्यक्ष नवराज कुँवर, महासचिव माधव नेपाल सहितको टोलीले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको प्रमुखमा भट्टराई
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको प्रमुखमा भट्टराई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाको क्याम्पस प्रमुखमा टंक प्रसाद भट्टराई नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय काठमाडौले बरिष्ठताको आधारमा सह–प्राध्यापक भट्टराईलाई त्रिभुवन बहुमुखी क्याम्प पाल्पाको क्याम्पस प्रमुखमा नियुक्ति गरेको हो । क्याम्पस प्रमुख भट्टराईले २०४९ सालमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेतबाट सेवा प्रारम्भ गरी, २०५४ सालमा स्थायी भएको र २०५६...
कृषि क्षेत्र र लकडाउनको प्रभाव
कृषि क्षेत्र र लकडाउनको प्रभाव विश्वभर फैलिएको कोरोना महामारीका कारण कृषि क्षेत्र समेत प्रभावित बनेको छ । नेपालको अर्थतन्त्रमा बन्द हड्ताल नयाँ अनुभूतीजन्य विषय नभएता पनि सरकार आफैले गरेको लकडाउनको अनुभव भने नयाँ अभ्यास हो । यो अभ्यासले कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा ठूलै असर पारेको छ ।
पाल्पामा थप पाँच जनामा कोरोना पुष्टि
पाल्पामा थप पाँच जनामा कोरोना पुष्टि जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढी गाउँपालिकाका १ जना र बगनासकाली गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण देखिएका बगनासकालीका चार जना पुरुष तीन हप्ता अघि भारतबाट आएर विभिन्न क्वारेन्टाइनमा बस्दै आएका थिए ।
Weather Update