Shittalpati
कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु
कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको शुक्रबार बिहान २.३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
पाल्पाको निषेधाज्ञाबारे निर्णय हुँदै
पाल्पाको निषेधाज्ञाबारे निर्णय हुँदै जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज सिसिएमसीको बैठक बस्दै छ । बैठकले जिल्लामा एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी जिल्लाको अवस्थालाई व्यवस्थित गर्ने भन्ने विषयमा निर्णय लिने छ ।
जनमतको कदर हुन सकेन
जनमतको कदर हुन सकेन बहुमत प्राप्त नेकपाको सरकारले जनमतको कदर गर्ने कार्यमा चुकेको छ । नेकपाले बहुमतको सरकार बनाए पनि निर्वाचनमा गरेको प्रतिबद्धता भुल्दै गएको छ ।
निषेधाज्ञाले रोकिएन सडक निर्माणको काम, तानसेन–बुटवल सडक मर्मत गरिदै
निषेधाज्ञाले रोकिएन सडक निर्माणको काम, तानसेन–बुटवल सडक मर्मत गरिदै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु ठप्प भइरहेको बेला सडक निर्माणको काम भने रोकिएको छैन । निषेधज्ञाको सदुपयोग गरी डिभिजन सडक कार्यालय पाल्पाले भने सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डमा परेका खाल्टाखुल्टी पुरी कालोपत्रे गर्ने कार्यलाई तिव्रता दिएको छ ।
कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता !
कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता ! कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता भएको छ । मेसिन जडानका लागि आवश्यक उपकरण नभएको भन्दै एक महिनापछि उक्त मेसिन काठमाडौं फिर्ता गरिएको हो ।
नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु, मृतकको संख्या एक सय ८३ पुग्यो
नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु, मृतकको संख्या एक सय ८३ पुग्यो नेपालमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल प्रवक्ता डा.जागेश्वर गौतमले ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिला रहेको बताएका छन् । त्यसैगरी मृत्यु हुने पुरुषमा काठमाडौँका ४८ वर्षीय,...
प्रदेश पाँचमा लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क
प्रदेश पाँचमा लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क प्रदेश पाँच सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
मिर्गाैला पिडित युवतीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग
मिर्गाैला पिडित युवतीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग जिल्लाको मिर्गौला पीडित एक युवतीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । रेसुङ्गा नगरपालिका १० की २१ वर्षीया मिर्गौला पीडित अञ्जु बस्नेतलाई अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।
कोरोना संक्रमित गर्भवतीको मृत्यु
कोरोना संक्रमित गर्भवतीको मृत्यु बाराको सुवर्ण गाउँपालिका—४ की कोरोना संक्रमित एक गर्भवती महिलाको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग
खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ । राखेपका उपाध्यक्ष शिव कोइरालाले विहिबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानूूनबमोजिम हदैसम्मको कारवाही गर्न राज्यका सम्वद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
उच्च ज्वरोबाट तीनको मृत्यु
उच्च ज्वरोबाट तीनको मृत्यु कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन् ।
Weather Update