Shittalpati
रोटर्‍याक्ट क्लव पाल्पाद्वारा विपन्नलाई राहत

पाल्पा । जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटर्‍याक्ट क्लव अफ पाल्पा तानसेनले विपन्न परिवारका नागरिकहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । क्लवले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण पटक–पटक भएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्रभावित बनेका दैनिक ज्याला मजदुरी गरी जिवीका चलाउदै आएका विपन्न परिवारका लागि राहत वितरण गरेको हो । कोरोनाका कारण मानव जीवन नै कष्टकर बन्दै जाँदा दैनिक रुपमा ज्यालादारी गरी खान बाध्य परिवारका लागि केही भए पनि राहत मिलोस् भन्ने उद्देश्यले दश दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरेको क्लवका अध्यक्ष विनोद भारतीले बताए ।

वर्तमान परिस्थतीलाई मध्यनजर गरी दैनिक छाँक टार्न समेत धौं धौं भएका अती विपन्न परिवार छनौट गरी १० किलो चामल, २ किलो आलु, १ किलो दाल, १ किलो नुन, आधाकिलो स्वायविन, १ थान हात धुने सावुन आधा लिटर तेल जस्ता खाद्यान्न तथा सरसफाई सामग्री वितरण गरिएको अध्यक्ष भारतीले जानकारी दिए । अति विपन्न दश जनाको परिवारलाई उक्त राहत सामग्री वितरण गरिएको क्लवका सचिव विक्रम सिंले बताए । क्लवले उक्त राहत सामग्री क्लवका पदाधीकारी तथा सदस्यहरुबाट आर्थिक संकलन गरी सहयोग गरेको हो । क्लवले आगामी दिनमा पनि आवश्यकता अनुसार नियमित राहत उपलव्ध गराउने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update