Shittalpati
संसद् पुनःस्थापना गर्नुको विकल्प छैन : पाण्डे
संसद् पुनःस्थापना गर्नुको विकल्प छैन : पाण्डे विघटित प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डेले संसद् पुनःस्थापना गर्नुको विकल्प नरहेको बताएका छन् । सोमबार नवजनचेतना दैनिकसँग कुरा गर्दै पाण्डेले लोकतान्त्रिक संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नु विकल्प नरहेको बताएका हुन् ।
गुल्मीमा चार स्थानीय तहका आफ्नै प्रहरी
गुल्मीमा चार स्थानीय तहका आफ्नै प्रहरी गुल्मीका स्थानीय तहले सुरक्षाका लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये चार स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केही स्थानीय तह भर्ना गर्ने प्रक्रियामा छन् ।
कोरोनामा खेलाँची
कोरोनामा खेलाँची विश्वभर फैलिरहेको कोरोना महामारीको अवस्था अझै पनि कायमै छ । नेपालमा लामो समयदेखि भएको लकडाउनका कारण व्यापार व्यवसायमा असर परेको भन्दै सरकारले सबै क्षेत्र खुलाउन अनुमति दिएसँगै अहिले जताततै भीडभाड बढेको छ ।
प्याजको मूल्य घट्यो
प्याजको मूल्य घट्यो भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अंग्रेजी नयाँ वर्षबाट हटाएको हो ।
मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ मोटरसाइकल चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु जिल्लामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर बस्दै आएकी ६० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा हुने
पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा हुने पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।
गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा
गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए ।
बूढा बाबुआमाको सहारा बन्न लागेका पेमी रोगसँग लड्दै
बूढा बाबुआमाको सहारा बन्न लागेका पेमी रोगसँग लड्दै बुढेसकालमा सहारा विहीन भएका बुबा–आमालाई हेर्ने दायित्व जो कोही सन्तानको हुन्छ । त्यस्तै दायित्व बोकेका थिए गुल्मीका एक युवकले । एक वर्षअघि बुढा भएका बुबा आमाको हेरचाह गर्ने सपना बुनेका रेसुा नगरपालिका–१४ टेकुवाका २२ वर्षीय मेखबहादुर पेमी अहिले आफै असक्त अवस्थामा छन् ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु जिल्लामा आइतबार भएका छुट्टाछुट्टै घटनामा दुई पुरुषको ज्यान गएको छ । माथागढी गाउँपालिका र रिब्दीकोट गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको हो । रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुखस्थित सडकमा टिपर दुर्घटना भएको छ ।
निर्वाचनको चर्चा र यसको तयारी
निर्वाचनको चर्चा र यसको तयारी प्रतिनिधिसभा विघटनपछि मध्यावधि निर्वाचनको चर्चा चल्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर वैशाखामा दुई चरणको निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत गरेसँगै निर्वाचनको चर्चा चलेको हो ।
Weather Update