माओवादी केन्द्र पाल्पाले दियो अस्पताल र निलसागरलाई स्वास्थ्य सामग्री
बिहीबार, असार ३, २०७८
कालीगण्डकी नदीमा जलसतह बढेपछि पुर्तिघाटका ३ घर जोखिममा
बुधबार, असार २, २०७८
कालीगण्डकी नदिमा जलसतह बढेपछि पुर्तिघाट बजारका ३ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाव बढ्दै गएपछि यहाँ घरहरु जोखिममा रहेका हुन् ।
अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह
बुधबार, असार २, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले अविरल वर्षा भइरहेकाले उच्च सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।
माथागढी गाउँपालिकामा उच्च सतर्कता अपनाउन गाउँपालिकावासीलाई आग्रह
बुधबार, असार २, २०७८
जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट सुरक्षित रहन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेकाले सतर्क रहन अध्यक्ष थापाले गाउँपालिकावासीलाई आग्रह गरेका हुन् ।
बाढीको वितण्डा: ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा
बुधबार, असार २, २०७८
लगातारको वर्षाका कारण पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका छन् । कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा आसपास क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका हुन् ।
वर्षाको प्रभाव: पहिरोले पाल्पाका अधिकांस सडक अवरुद्ध
बुधबार, असार २, २०७८
अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाका अधिकांस सडकहरु अवरुद्ध बनेका छन् । शनिबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्न पुग्दा सिद्धार्थ राजमार्ग सहित जिल्लाका भित्री सडकहरु अवरुद्ध बनेका हुन् ।
आँधीखोलामा शव फेला
बुधबार, असार २, २०७८
स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित आँधीखोलामा बुधबार विहान एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो ।
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध
बुधबार, असार २, २०७८
निरन्तर वर्षाका कारण पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ । पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै माथिबाट खसेको पहिरोले सडक नै बगाएपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
पाल्पाको रिब्दीकोटमा पहिरोले घर पुरिदा एक युवकको मृत्यु
मंगलबार, असार १, २०७८
पाल्पाको रिब्दीकोट गाउँपालिका ४ मन्छिपमा पहिरोले घर पुरिदा एक युवकको मृत्यु भएको छ । निरन्तर परेको अविरल वर्षका कारण आज साझँ स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घर माथिबाट पहिरो खस्न गई घर पुरिदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको हो ।


