छिटो सबैलाई खोप देऊ
बिहीबार, भदौ ३, २०७८
पाल्पा कोरोना अपडेट : बुधबार ४५ जना नयाँ संक्रमित थपिए, ३२ जना निको
बुधबार, भदौ २, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
लुम्बिनीमा प्रदेशसभा बैठक स्थगन
बुधबार, भदौ २, २०७८
लुम्बिनी प्रदेशसभाको बुधबारको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो दिन पनि अवरुद्ध गरेका कारण बैंठक स्थगित भएको हो । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सञ्चालनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध गरेकाले बिहीबारसम्म बैठक स्थगन भएको घोषणा गरे ।
सुन्दर तानसेन बनाउन सम्झौता
बुधबार, भदौ २, २०७८
जिल्लाको तानसेन नगरपालिकाले नगरलाई सुन्दर र सफा शहर बनाउने गरी योजना अगाडि बढाएको छ । नगर सरकारले तानसेनको फोहोर व्यवस्थापन गरी सुन्दर र सफा नगर बनाउन योजना अगाडि बढाएको हो ।
नगदसहित ‘कुमारी स्मार्ट लग इन च्यालेञ्ज’
बुधबार, भदौ २, २०७८
कुमारी बैंकले ग्राहकवर्गहरुलाई लक्षित गरी कुमार स्मार्ट वान मन्थ लगइन च्यलेन्ज नामक आकर्षक अभियान शुरु गरेको छ । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले बैंकले ग्राहकलाई लक्षित गरी उक्त अभियान शुरु गरेको हो ।
बाँदर आतंकले जोगिएन खेती
बुधबार, भदौ २, २०७८
गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५/६ वर्षपहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्र्याएकी उनले यस वर्ष भने एक मुरी जति मकै स्याहरिन् ।
निर्धारित समयमै महाधिवेशन होस्
बुधबार, भदौ २, २०७८
नेपाली काँग्रेसको महाधिवेशन तीन महिना पछि धकेलिएको छ । अहिलेको कोभिडको प्रतिकूल परिस्थिति र राजनीतिक परिर्वतनले कांँग्रेसलाई महाधिवेशनको मिति धकेल्ने एउटा मौका मिलेको हो । त्यही मौकाको सदुपयोग गर्दै काँग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने तय गरेको मिति मंसिरमा पुर्याएको छ । यसलाई परिस्थिती अनुसार उपयुक्त समयका रुपमा लिन...
लुम्बिनी प्रदेश सभामा विपक्षीको अवरोध
मंगलबार, भदौ १, २०७८
लुम्बिनी प्रदेश सभाको बैठकमा विपक्षी दल एमालेको अवरोधपछि मंगलबारको बैठक केहीबेर चलेर स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेको थियो । सांसद अजय बहादुर शाही र विमला वलीको विषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो ।
पाल्पा कोरोना अपडेट : मंगलबार ५१ जना नयाँ संक्रमित थपिए, ५६ जना निको
मंगलबार, भदौ १, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।
अफगानिस्तानबाट १ सय १८ नेपालीको उद्धार
मंगलबार, भदौ १, २०७८
अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी मंगलबार १ सय १८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ ।
पाल्पामा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
मंगलबार, भदौ १, २०७८
पाल्पा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले पाल्पामा पनि प्रतिष्ठान गठन गरेको हो ।
गुल्मीमा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा खत्री
मंगलबार, भदौ १, २०७८
गुल्मीमा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले गुल्मीमा पनि प्रतिष्ठान गठन गरेको हो ।
तानसेन–बुटवल सडक खण्डमा यात्रा गर्दा शौचालयको चिन्ता चट
मंगलबार, भदौ १, २०७८
तानसेनकी गीता थापा श्रीमानसँग बुटवलबाट घर फर्किदै थिइन । यात्राको क्रममा थापालाई बाटोमा दिशाले च्याप्यो । उनलाई पिसाव गर्न सहज भए पनि दिशा गर्न भने सुरक्षित शौचालय नै चाहियो, जहाँ मन लाग्यो त्यहाँ दिशा पिसावको लागि उनलाई सहज थिएन ।

