ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने
आइतबार, असार २६, २०७९
रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा
आइतबार, असार २६, २०७९
रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुको साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।
आम्दानी बढाउन पर्यटन क्षेत्रमा केन्द्रीत तानसेन नगर सरकार
शनिबार, असार २५, २०७९
आन्तरिक आम्दानीमा वृद्धि गर्न तानसेन नगर सरकार पर्यटन क्षेत्रमा केन्द्रीत बनेको छ । नगर सरकारले तानसेनमा रहेका ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको भरपुर उपयोग गरी आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिएको छ । उसले यहाँका ऐतिहासिक पर्यटकीय स्थलहरु रानीमहल र श्रीनगर क्षेत्रको उपयोग गरी आन्तरिक आम्दानी बढाउने योजना ल्याएको हो ।
तिनाउमा स्काउट प्रशिक्षक प्रशिक्षण तालिम
शनिबार, असार २५, २०७९
पाल्पा, तिनाउ गाउँपालिकाको आयोजना, शिक्षा शाखाको समन्वयमा गाउँपालिका स्तरीय शिक्षक स्काउट प्रशिक्षक प्रशिक्षण तालिम भएको छ । असार १८ गते देखि सञ्चालन भएको तालिममा पालिकाका २१ वटा आधारभुत विद्यालयका स्काट शिक्षकहरुको सहभागिता रहेको थियो ।
एनसेलले ल्यायो आकर्षक प्याक
शनिबार, असार २५, २०७९
एनसेल आजियाटा लिमिटेडले आकर्षक प्याक ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै आर्कषक प्याक ल्याएको हो ।
राजस्व संकलनमा कमी
शनिबार, असार २५, २०७९
जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारवाही गरेबापतको राजस्व घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याड्ढ हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो ।
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन
शनिबार, असार २५, २०७९
तानसेन बहुमुखी क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन भएको छ । साहित्यलाई क्याम्पसको शैक्षिक गतिविधिहरुसँग समाहित गर्ने उद्देश्यले विभाग गठन गरिएको हो ।
पाल्पामा खिचिएको ‘परदेशी–२’ को टिजर रिलिज
शुक्रबार, असार २४, २०७९
पाल्पा जिल्लामा पनि छायाँकन गरिएको नारायण रायमाझी निर्देशित प्रतिक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो । दशैंको टिकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ ।
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन
शुक्रबार, असार २४, २०७९
तानसेन बहुमुखी क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन भएको छ । साहित्यलाई क्याम्पसको शैक्षिक गतिविधिहरुसँग समाहित गर्ने उद्देश्यले विभाग गठन गरिएको हो ।
वाणी, बोली र समृद्धि
शुक्रबार, असार २४, २०७९
कोही अरु कसैका वाणीमा बहेली खेल्दै पौडिएका छन् त कोही रमाइरहेका रङ्गिला रस र रङ्गमा । अलि सफा देखिदैन हाम्रो मानसिकता । सधै लागू नहुन पनि सक्दो रहेछ विद्वान तथा पढे लेखेकाले मात्र विवेकशील विचार गर्छन् भन्ने भनाई । विज्ञताका वाणीमा बहादुरीता झल्किन्थ्यो ऋषिमुनिहरूका पालामा । सोही बहादुरीपन वाणीले कार्यसम्पादन...
नबिल र बङ्गलादेश बैंकको एकीकृत कारोबार हुँदै
शुक्रबार, असार २४, २०७९
नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पुरा गरी असार २७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । नबिल बैंकले एक सूचना जारी गर्दै एकिकृत कारोबार शुरु गर्न लागेको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको नियमन विभागले सो बैंकलाई यही असार २७ गतेदेखि एकीकृत कारोबारका...
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?
शुक्रबार, असार २४, २०७९
प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् ।


-1762576335.jpg)