Shittalpati
प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे
प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो ।
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराएका हुन् ।
व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै
व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् ।
माघे संक्रान्ति धार्मिक र सांस्कृतिक पर्व
माघे संक्रान्ति धार्मिक र सांस्कृतिक पर्व नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजाति र बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो, त्यसैले यहाँका विभिन्न चाडपर्व तथा संस्कृतिको महिमा विश्वमा नै अतुलनीय रहेको छ । हाम्रा यस्तै पर्वहरूमध्ये महत्वपूर्ण पर्व माघे संक्रान्ति पनि हो । यस वर्षको माघे संक्रान्ति धुमधामले मनाइएको छ ।
पाल्पाका स्वास्थ्य संस्थामा पिउने पानीमा देखियो ‘कोलिफर्म’ !
पाल्पाका स्वास्थ्य संस्थामा पिउने पानीमा देखियो ‘कोलिफर्म’ ! मानिसहरू बिरामी भएपछि उपचारका लागि स्वास्थ्य संस्था जाने गर्छन् तर, तिनै स्वास्थ्य संस्थामा स्वच्छ पिउने पानी समेत नहुँदा त्यहाँ पुग्ने विरामी थप रोग बोकेर घर फर्कनु पर्ने अवस्था आएको छ ।
तानसेनको मखनटोलमा खाना महोत्सव हुँदै
तानसेनको मखनटोलमा खाना महोत्सव हुँदै राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि तानसेन नगरपालिका–४ मखनटोल टोल विकास संस्थाले ‘मखनटोल सडक खाना महोत्सव–२०७९’ गर्ने भएको छ । टोल विकास संस्थाले यही माघ २० गते मखनटोलमा खाना महोत्सव गर्न लागेको हो ।
लुम्बिनीको उपसभामुखमा केसी
लुम्बिनीको उपसभामुखमा केसी लुम्बिनी प्रदेशसभाको उपसभामुखमा मेनुका खाँड केसी निर्विरोध निर्वाचित भएकी छन् । अन्य दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित केसी उपप्रमुख बनेकी हुन् ।
मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ
मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार एक उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्य मन्त्री नियुक्त भएका छन् । योसँगै मन्त्रिमण्डल २३ सदस्यीय पुगेको छ । पुस १० गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रचण्डले मंगलबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै २३ सदस्यीय बनाएका छन् ।
पाल्पाको रैनादेवी छहरामा भीरबाट लडेर एकको मृत्यु
पाल्पाको रैनादेवी छहरामा भीरबाट लडेर एकको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६ मा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । सोही वडाको पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको घर नजिकै रहेको नेप्टा भीरबाट लडेर मृत्यु भएको हो ।
‘एयर होस्टेस’ सिर्जनाको निधनले पाल्पाको सिरुङ्गा शोकमा
‘एयर होस्टेस’ सिर्जनाको निधनले पाल्पाको सिरुङ्गा शोकमा पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर दिवंगत विमान परिचारिका (एयर होस्टेस) सिर्जना हुङचुङ (सिर्जु थापा) लाई सम्झेर उनको जन्म गाउँ पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी सिरुङ्गा नै शोकमग्न छ । हुङचुङको निधनले परिवारजन पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान सिरुङ्गावासी र गाउँपालिकावासी समेत मर्माहत भएका छन् ...
पाल्पामा सहज बनाइँदै राहदानी सेवा, विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काम हुने
पाल्पामा सहज बनाइँदै राहदानी सेवा, विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काम हुने विद्युतीय राहदानीका लागि सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म ११ घण्टा सेवा शुरु गरेको छ । सेवाग्राहीको भिड र मागको आधारमा राहदानीका लागि कार्यालयले विहान ८ बजे देखि १० बजे सम्म, १० बजेदेखि ४ बजे सम्म र ४ बजेदेखि बेलुका...
कुसुम सहकारीको आगामी यात्रा कृषि प्रवद्र्धन
कुसुम सहकारीको आगामी यात्रा कृषि प्रवद्र्धन पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुुम बहुउद्देश्यीय सहकारीले कृषि प्रवद्र्धनलाई जोड दिने भएको छ । सहकारीको बुटवल र पाल्पामा भएको प्रथम साधारण सभाले कृषि प्रवद्र्धनसँगै होमस्टे, कुुसुुम एकिकृत बस्ती, मिट मार्ट, बहुुउद्देश्यीय मार्ट जस्ता कार्यक्रमहरुलाई अगाडि बढाउने नीति तथा कार्यक्रम पारित गरेको छ ।
Weather Update