Shittalpati
पाल्पामा कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
पाल्पामा कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु पाल्पामा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका –३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा शुक्रबार साँझा कार र मोटरसाइकल ठोक्किएका थिए ।
सडक र पुल निर्माणका विषयमा गुल्मी काँग्रेसको ध्यानाकर्षण
सडक र पुल निर्माणका विषयमा गुल्मी काँग्रेसको ध्यानाकर्षण नेपाली काँग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । काँग्रेसले गुल्मी क्षेत्र नम्वर १ को सुदुरपुर्व कालीगण्डकी गाउँपालिका भित्र ठेक्का भएर रोकिएका र निर्माण भएकाहरुको स्तरोन्नती गर्न सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।
रामपुरमा रहेका सार्वजनिक जग्गाको संरक्षण गरिदैं
रामपुरमा रहेका सार्वजनिक जग्गाको संरक्षण गरिदैं पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन् ।
हिंसा सहेर नबसौं: नगर प्रमुख थापा
हिंसा सहेर नबसौं: नगर प्रमुख थापा जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले हिंसा सहेर नबस्न महिलाहरुलाई आग्रह गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुरका विभिन्न स्थानमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले कुनै पनि हिंसा सहेर नबस्न आग्रह गरेका हुन् ।
संस्कार संस्कृतिमा घर्ती/भुजेल समुदाय
संस्कार संस्कृतिमा घर्ती/भुजेल समुदाय नेपाली बृहत् शब्दकोशमा विभिन्न आठ किसिमका संस्कार बताइएको छ । जसको छैठौं नम्बरमा रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव; धारणा हो भनिएको छ ।
पाल्पामा बिहे भोजमा प्रयोग गरिएको पानीमा भेटियो ‘कोलिफर्म’
पाल्पामा बिहे भोजमा प्रयोग गरिएको पानीमा भेटियो ‘कोलिफर्म’ जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ । ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको पानीमा कोलिफर्म भेटिएको प्रयोगशालाबाट पुष्टि भएको छ ।
पाल्पाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर युवकको मृत्यु
पाल्पाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर युवकको मृत्यु जिल्लाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । बिहीबार विहान रामपुर नगरपालिका–५ बेझाडको एक घरमा प्लाष्टर गर्ने क्रममा लडेर पर्साको छिपहरमाई गाउँपालिका–३ मंगललापुरका २५ वर्षीय राजेश कुसुहवाको मृत्यु भएको हो ।
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अधिवेशन : कलाकारदेखि पत्रकारलाई सम्मान गर्दै
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अधिवेशन : कलाकारदेखि पत्रकारलाई सम्मान गर्दै लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाको सातौं जिल्ला अधिवेशन हुन लागेको छ । प्रतिष्ठानले मंसिर २९ गतेदेखि पुुष २ गतेसम्म तम्घासमा अधिवेशन गर्न लागेको हो ।
तानसेन–रिडी सडक खण्ड पन्ध्र दिनका लागि बन्द
तानसेन–रिडी सडक खण्ड पन्ध्र दिनका लागि बन्द तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको सिरुखर्क, माल्मुुल क्षेत्रमा सकड चौडा पार्ने कार्य भइरहेकाले विहीबारदेखि सडक बन्द गरिएको हो ।
विद्यार्थी र लगानीकर्तालाई तानसेनमा सेयर बजारबारे शिक्षा
विद्यार्थी र लगानीकर्तालाई तानसेनमा सेयर बजारबारे शिक्षा पछिल्लो समय नेपालमा सेयरको आकर्षण बढेर गएको छ । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो । अधिकांश सर्वसाधारण, जसलाई सेयरका बारेमा चासो छ तर सेयर बजार के हो ? र कसरी किनबेच गर्ने भन्ने विषयमा भने निकै कमलाई थाहा छ । सेयर बजारबारे सामान्य...
पाल्पा उद्योग वाणिज्य संघमा पद हस्तान्तरण
पाल्पा उद्योग वाणिज्य संघमा पद हस्तान्तरण पाल्पा उद्योग वाणिज्य संघको नव निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको छ । संघको अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा अन्य पदाधिकारीलाई बुधबार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको हो । नव निर्वाचित अध्यक्ष शैलेन्द्र भट्टराईलाई निवर्तमान अध्यक्ष राजु महर्जनले पद हस्तान्तरण गरेका थिए ।
तोरी खेतीमा किसानको आकर्षण बढेन
तोरी खेतीमा किसानको आकर्षण बढेन पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन् । ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’, उनले भने ‘तोरी खेती सजिलो भएपनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, पन्थीले भने ।
Weather Update