Shittalpati
तानसेनमा बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा, बसको ठक्करबाट तानसेनमा एक जना महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–१२ लुहुङ्गस्थित अर्गली–तानसेन भित्री सडकखण्डमा बसको ठक्करबाट तानसेन बौघापोखराथोककी ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।

विहीबार दिउँसो गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लुु १ ख ८३६१ नम्वरको बसले ठक्कर दिदा घाइते भएकी विश्वकर्माको लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रहरीका अनुसार ति महिला सोही बसमा आएको र बसबाट झरी घर जाने क्रममा बसले ठक्कर दिएर घाइते बनाएको थियो । घाइते उनलाई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउन साथ जिल्लाबाट गएको प्रहरी टोलीले बस र बस चालक तानसेन नगरपालिका –१२ बौघापोखराथोकका ३० वर्षीय खिमबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update