अझै ९८ हजारले पाएनन् कोरोना बिमा भुक्तानी
आइतबार, माघ ८, २०७९
कृषि विकास बैंक ५६ औँ वर्षमा
आइतबार, माघ ८, २०७९
कृषि विकास बैंक ५६ औँ वर्षमा प्रवेश गरेको छ । २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको बैंक अहिले ५६ वर्षमा प्रवेश गरेको हो । ५६ वर्ष अघि कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर बैंक सञ्चालनमा आएको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन लागू भएपछि...
उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित
शनिबार, माघ ७, २०७९
प्रतिनिधिसभाको उपसभामुुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनी प्रतिस्पर्धी नेपाली काँग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् ।
कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु
शनिबार, माघ ७, २०७९
कपिलवस्तुमा बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरकारको पहिलो गाँसमै ढुंगा
शनिबार, माघ ७, २०७९
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वार्थ बाझिएका मन्त्रीहरु नियुक्ति गरेपछि आचोचना सुरु भएको छ । अधिकांश केही गरूँ भन्ने हुटहुटी भएका नयाँ अनुहारहरूलाई मन्त्रिपरिषद्मा सामेल गरी केही राम्रो सन्देश दिन खोजेको सरकारले सोझै स्वार्थ बाझिएका केही मन्त्रीहरू छनोट गर्दा भने पहिलो गाँसमै ढुंगा लागेको छ ।
घरकर्जा ब्याजदर ९ प्रतिशतदेखि माथि
शनिबार, माघ ७, २०७९
पाल्पा,घर निर्माण तथा खरीदका लागि सर्वसाधारणलाई उपलब्ध गराउने घरकर्जाको ब्याजदर वार्षिक ९ प्रतिशतभन्दा माथि पुगेको छ । वाणिज्य बैंकहरूले सर्वसाधारणलाई घरकर्जा उपलब्ध गराउदै आएका छन् । तरलताको दबाबसँगै बैंकहरूले ब्याजदर वृद्धि गरी निक्षेप संकलन गरेपछि लागत बढेर आधारदरसँगै ब्याजदर महँगो भएको हो ।
रामपुरका महिलालाई अगरबत्ती बनाउने तालिम
शनिबार, माघ ७, २०७९
जिल्लाको रामपुर नगरपालिका–६ तिलकपुरमा महिलाहरुका लागि अगरबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । रामपुर सिकाई केन्द्रले यहाँका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले अगरबत्ती बनाउने दुई दिने तालिम सञ्चालन गरेको हो ।
कालीगण्डकी डाइभर्सन,‘नदीलाई कुनै पनि हालतमा तोडमोड गर्न दिन्नौं’
शनिबार, माघ ७, २०७९
कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन् ।
बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग आग्रह
शुक्रबार, माघ ६, २०७९
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग आज औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरे ।
नेपाल प्रेस युनियन लुम्बिनीमा नयाँ नेतृत्व
शुक्रबार, माघ ६, २०७९
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व आएको छ । युनियनको दाङको घोराहीमा भएको प्रदेश प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ
शुक्रबार, माघ ६, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराएका हुन् ।
पाल्पाका कृषक व्यावसायिक सुन्तला खेतीतर्फ
शुक्रबार, माघ ६, २०७९
जिल्लाका धेरैजसो गाउँहरुमा अहिले व्यावसायिक सुन्तला खेती फस्टाउँदै गएको छ । यहाँका कृषहरुले व्यावसायिक रुपमा गर्न थालेपछि सुन्तला खेती फस्टाउँदै गएको हो । लामो समयसम्म अन्य खेती गर्दै आएका यहाँका किसानले सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले व्यावसायिक खेतीतर्फ लागेका हुन् ।


