तानसेनमा तीन सय बढी तोपका गोला भेटिए
मंगलबार, पुस ५, २०७९
काँग्रेस संसदीय दलको नेतामा गगन लड्ने पक्का, शेखरले सहयोग गर्ने
मंगलबार, पुस ५, २०७९
नेपाली काँंग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने पक्का भएको छ । शेखर कोइरालाले थापालाई नै समर्थन गर्ने भएपछि उनी संंसदीय दलको नेतामा लड्ने पक्का भएको हो ।
जनप्रतिनिधि फेरिए, नीति तथा कार्यक्रम फेरिएनन्
मंगलबार, पुस ५, २०७९
पाल्पाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याए पनि अधिकांशले पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिएका छन् । यहाँका ४ वटा स्थानीय तहमा सत्ता परिवर्तन भएको छ तर प्रायःनीति तथा कार्यक्रम चाहीं पुरानै छन् । नयाँ जनप्रतिनिधि आए पनि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि,...
पाल्पा एमालेको निर्वाचन समीक्षा
मंगलबार, पुस ५, २०७९
नेकपा एमाले पाल्पाले पनि निर्वाचन समीक्षा गरेको छ । एमालेले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका विषयमा समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा एमालेका दशवटै पालिकाका प्रमुखहरुले निर्वाचनका विषयमा जानकारी गराएका थिए । उनीहरुले आ–आफ्नो पालिकामा एमालेका उम्मेदवारले प्राप्त गरेको मत परिणाम र निर्वाचनको अवस्थामा विषयमा पार्टी नेतृत्वलाई...
रैथाने बाली लोप हुँदै
मंगलबार, पुस ५, २०७९
उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने (स्थानीय) बाली लोप हुन थालेका हुन् ।
काँंग्रेस ससंदीय दलको निर्वाचन बुधबार
सोमबार, पुस ४, २०७९
काँग्रेसमा संसदीय दलको नेता चयनका लागि बुधबार अर्थात् पुस ६ गते निर्वाचन हुने भएको छ । काँग्रेस निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि पुुस ६ निर्वाचन गर्ने भएको हो ।
नयाँ सांसदहरूको शपथ पुस ७ मा
सोमबार, पुस ४, २०७९
मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुुने भएको छ । संघीय संसद् सचिवालयले पुस ७ गते दिउँसो १ बजेको लागि शपथको समय निर्धारण गरेको हो ।
न्यूनचापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
सोमबार, पुस ४, २०७९
भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम
सोमबार, पुस ४, २०७९
जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु) सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ ।
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि
सोमबार, पुस ४, २०७९
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा सोमबार भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ ।
तालिम पछि उपमेयर र उपाध्यक्षहरूले भने ‘अब हामी सहज रुपमा न्याय सम्पादन गर्छौ’
सोमबार, पुस ४, २०७९
रुपन्देहीका स्थानीय तहका उपमेयर र उपाध्यक्षहरुले न्याय सम्पादन सम्बन्धी तालिम लिएपछि आफुहरु न्याय सम्पादनमा केही सक्षम भएको विश्वास व्यक्त गरेका छन् । पाल्पाको तानसेनमा भएको तीन दिने न्याय क्षेत्रको नेतृत्व विकास तथा सशक्तिकरणको तालिम पछि उनीहरुले केही हदसम्म भएपनि आफुहरु न्याय सम्पादन गर्न सक्षम बनेको बताएका हुन् ।
फरक क्षमता भएका विद्यार्थीलाई प्रविधिको अभाव
सोमबार, पुस ४, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा रहेको तम्घास माध्यमिक विद्यालयमा बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराइन्छ । यहाँ जिल्लाको मालिका बाहेक अन्य ११ पालिकाका ३० विद्यार्थी छन् । विसं २०५९ देखि आवाससहित अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन सुरु गरिए पनि हालसम्म आधुनिक प्रविधिको व्यवस्था नहुँदा विद्यार्थी पुरानै शैलीमा पढ्न र सिक्न...
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई
सोमबार, पुस ४, २०७९
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । प्रतिष्ठानको सातौंं जिल्ला अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।


