Shittalpati
शिक्षकलाई योग तथा आयुर्वेद सम्बन्धी अभिमुखीकरण
शिक्षकलाई योग तथा आयुर्वेद सम्बन्धी अभिमुखीकरण शिक्षकहरुका लागि योग तथा आयुर्वेद सम्बन्धी अभिमुखिकरण दिइएको छ  । गुल्मी आयुर्वेद स्वास्थ्य कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिका भित्रका शिक्षकहरुका लागि दुुई दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।
मायाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
मायाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको छ । हाइड्रोपावरले यही माघ १३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको हो ।
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी जफत
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी जफत काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ...
उपसभामुखको निर्वाचन माघ ७ गते
उपसभामुखको निर्वाचन माघ ७ गते प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् ।
सभामुखमा एमालेका घिमिरे निर्वाचित
सभामुखमा एमालेका घिमिरे निर्वाचित प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । सहभागी २ सय ६८ मध्ये १ सय ६७ मतसहित घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।
पुरूषहरुको भीडमा एक्लो महिला चालक
पुरूषहरुको भीडमा एक्लो महिला चालक सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौं, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् सार्वजनिक सवारी साधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिडेकी छन् पाल्पाको...
पाल्पामा संगठन बलियो बनाउन काँग्रेसको ‘घुम्ती बैंठक’
पाल्पामा संगठन बलियो बनाउन काँग्रेसको ‘घुम्ती बैंठक’ नेपाली काँग्रेस पाल्पाले संगठन बलियो बनाउन ‘घुम्ती बैंठक’ सञ्चालन गर्दै आएको छ । काँग्रेसले दशवटै स्थानीय तहमा अहिले घुम्ती बैंठक सञ्चालन गरिरेहको हो । काँग्रेसले वर्तमान राजनीतिक अवस्था, पार्टी भित्रको परिदृश्यका कारण जनतामा देखिएको नैराश्यता, पार्टी र स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरु बीचको सामञ्जस्य कायम गर्ने उद्देश्यले स्थानीय तहमा घुम्ती...
सभामुखमा काँग्रेस र एमालेको उम्मेदवारी
सभामुखमा काँग्रेस र एमालेको उम्मेदवारी प्रतिनिधिसभा सभामुखका पदका लागि काँग्रेस र एमालेले उम्मेदवारी दिएका छन् । विहिबार हुने निर्वाचनका लागि काँग्रेस र एमालेले आ–आफ्ना उम्मेदवारी उठाएका हुन् । बुधबार नेपाली काँग्रेसले सांसद ईश्वरी न्यौपाने र नेकपा एमालेका देवराज घिमिरेलाई सभामुखमा उठाएका हुन् ।
सबै वडा भवन निर्माण गर्छौ : नगर प्रमुख थापा
सबै वडा भवन निर्माण गर्छौ : नगर प्रमुख थापा जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सबै वडा कार्यालयका भवनहरु निर्माण गर्ने गरी आफुहरुले काम अगाडि बढाएको बताएका छन् । रामपुर नगरपालिका वडा नं. ८ को वडा कार्यालय भवनको शिलान्यास गर्दै नगर प्रमुख थापाले आगामी ५ वर्ष भित्रमा सबै वडाका भवनहरु निर्माण गर्ने बताएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्य यथावत्
पेट्रोलियम पदार्थको मूल्य यथावत् भारतबाट पेट्रोलियम पदार्थको मूल्यमा केही हेरफेर भएर आए पनि नेपालमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् रहेको छ । इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट सोमबार पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा केही घटेर आएको भए तापनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको जनाएको हो ।
मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने
मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ । मङ्गलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै त्यसको प्रणालीगत सुधार...
Weather Update