Shittalpati
पाल्पामा संगठन बलियो बनाउन काँग्रेसको ‘घुम्ती बैंठक’

पाल्पा, नेपाली काँग्रेस पाल्पाले संगठन बलियो बनाउन ‘घुम्ती बैंठक’ सञ्चालन गर्दै आएको छ । काँग्रेसले दशवटै स्थानीय तहमा अहिले घुम्ती बैंठक सञ्चालन गरिरेहको हो । काँग्रेसले वर्तमान राजनीतिक अवस्था, पार्टी भित्रको परिदृश्यका कारण जनतामा देखिएको नैराश्यता, पार्टी र स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरु बीचको सामञ्जस्य कायम गर्ने उद्देश्यले स्थानीय तहमा घुम्ती बैंठक सञ्चालन गरिएको पार्टी सचिवालयले जनाएको छ ।

पुस दोस्रो सातादेखि सञ्चालन भएको बैंठक अहिले ५ वटा पालिकामा सकिएको छ । काँग्रेसले क्षेत्र न. २ का तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकामा बैंठक गरिसकेको छ । आज क्षेत्र नं. १ को माथागढी गाउँपालिकामा बैंठक हुनेछ । बैंठकमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी, सम्बन्धित प्रदेश, पालिका, वडाका सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु बिच बैंठक हुँदै आएको छ । वडा, पालिका र क्षेत्र तहमा पार्टीको अवस्था, जनताका समस्या, अपेक्षा र जनप्रतिनिधिहरुसँग पार्टीको सहकार्य, समन्वय र पार्टी नेतृत्वमा देखिएका कमी कमजोरीका विषयमा व्यापक छलफल हुने गरेको छ ।

संगठनलाई आगामी दिनमा थप मजबूद बनाएर लैजानुको साथै पार्टी भित्र भएका तिक्तताहरुलाई मेटाउने र काँग्रेस नेतृत्वका कारण जनतामा देखिएको नैराश्यता जस्ता विषयलाई समाधान गर्ने गरी जिल्लाका सबै पालिकाहरुमा घुम्ती बैंठक गरिदै आइएको पार्टी जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । सम्बन्धित तहका पार्टी नेतृत्वको उपस्थितीमा व्यापक छलफल र समीक्षा गरी आगामी पार्टीको कार्यदिशा तय हुने उनले बताए । विद्यमान राजनैतिक घटनाक्रमका कारण तल्लो स्तरका कार्यकर्ताहरु निरासा भएकाले पार्टी भित्रका याथार्थ र भ्रमहरुलाई चिर्नका लागि पनि बैंठकले महत्पूर्ण भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे । उनले भने ‘प्रत्येक स्थानीय तहमा हुुने विकास निर्माणका काममा हाम्रो सहभागिता रहन्छ, यहाँ हुने योजना तथा कार्यक्रममा उपभोक्ता समितिमा पार्टी भित्रका व्यक्तिहरुको सहभागीता गराउँछौं ।’ स्थानीय सरकार र जनप्रतिनिधिसँगको सहकार्य र समन्वयका लागि बैंकले सार्थकता लिने सभापति श्रेष्ठले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update