Shittalpati
कला संरक्षणमा ध्यान देऊ
कला संरक्षणमा ध्यान देऊ चित्रकला हुन वा मूर्तिकला नेपालका कला संस्कृति नयाँ पुस्तामाझ जीवित राख्न सक्ने माध्यम हुन् । नेपालको ऐतिहासिकतासँगै बदलिँदो सांस्कृतिक परिवर्तन देखाउने थलो पनि चित्रकला र मूर्तिकला नै हो । मठमन्दिर, टुँडालमा छरिएका कला हुन वा समुदायमा छरिएर रहेका सांस्कृतिक लोकोक्ति र संस्कारहरु नै किन नहोस्, तिनले नेपाली समाजलाई आमजनमानसमा परिचित...
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत आज नयाँ वर्षको आरम्भिक दिन । २०८१ साललाई विदाई गरेर आजैदेखि २०८२ लाई स्वागत गर्दैछौं । विभिन्न भोगाइ र घटनाका अनुभव दिलाएर ८१ हामीबाट बिदा लिएको छ । ८२ साललाई आपसमा शुभकामना दिँदै स्वागत गर्दैछौं । देशभरि नै यस दिनलाई आपसमा शुभकामना आदान–प्रदान गर्ने र आगामी समयका लागि सङ्कल्प गर्ने...
हावाहुरीको जोखिमबाट बचौं
हावाहुरीको जोखिमबाट बचौं वर्षा याम प्रारम्भ हुनअघि हावाहुरी, मेघगर्जन, चट्याङ पर्नु अस्वाभाविक होइनन् । विगत केही दिनयतादेखि मुलुकका विभिन्न भागमा हावाहुरी तथा मनसुनपूर्वको वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी देखिन थालेको छ । बेलुकापख दिनहुँजसो निरन्तर आउने हावाहुरीका कारण भौतिक क्षतिका अतिरिक्त मानवीय क्षतिका भएका समाचार आइरहेका छन् ।
व्यवस्था कमजोर नबनाऔं
व्यवस्था कमजोर नबनाऔं अहिले मुलुकले अभ्यास गरिरहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली हो । यो राजनीतिक प्रणालीभित्र रहेर मुलुकको राजनीति चलिरहेको छ । तर राजनीतिक प्रणालीको हिसाबले इतिहास भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहले बेलाबखत दिने अभिव्यक्तिले भने मुलुकको राजनीति तरंगित भइरहेको छ ।
शिक्षक आन्दोलनप्रति गम्भीर बन
शिक्षक आन्दोलनप्रति गम्भीर बन देशभरका शिक्षकहरु चैत २० गतेदेखि काठमाडौंका सडकमा निरन्तर आन्दोलित छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु सडकमा उत्रिएका छन् । अध्यादेशमार्फत विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा छन् ।
‘तानसेन सम्पदा संरक्षण समाज’ र यसको दायित्व
‘तानसेन सम्पदा संरक्षण समाज’ र यसको दायित्व जहाँ सार्वजनिक सम्पदाहरुलाई सार्वजनिक सम्पति मानेर संरक्षण र सम्वद्र्धन गरिन्छ त्यहाँ सार्वजनिक पहिचान एवं समृद्धिको मार्ग खुलेको देखिन्छ । कतिपय जिल्लाहरुले त आफ्ना सम्पदा नभएमा अन्य जिल्ला वा स्थानसँगको सहकार्यमा संरक्षण, सम्वद्र्धन गर्दै व्यवहारिक उपयोग गरेर आफ्नो जिल्लाको पहिचान बनाएका पनि देखिन्छन् ।
शिक्षकको माग सम्बोधन गर
शिक्षकको माग सम्बोधन गर देशभरका शिक्षक फेरी काठमाडौं पुगेर आन्दोलनमा उत्रिएका छन् । विद्यालय शिक्षा ऐन जारीको माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । उनीहरूले ‘विगतमा भएका सम्झौता कार्यान्वयन गर’, ‘शिक्षा ऐन जारी गर,’ हाम्रो माग पूरा गर’,‘शिक्षक पेशालाई सम्मान गर,’ लगायत विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा उक्त...
राष्ट्रिय सहकारी दिवसको सार्थकता
राष्ट्रिय सहकारी दिवसको सार्थकता ६८औं राष्ट्रिय सहकारी दिवस आज देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं. २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनलाई स्मरण गर्दै दिवस मनाउने गरिएको छ ।
मूर्ख दिवसमा सतर्क रहौं
मूर्ख दिवसमा सतर्क रहौं आज अप्रिल १ । यस दिनलाई विश्वका कयौँ देशमा ‘अप्रिल फूल’ को रुपमा मनाउने गरिन्छ । नेपालीमा ‘मूर्ख दिवस’ भन्ने गरिएको छ । आफ्ना साथीसंगी, छिमेकी तथा परिवारका सदस्यसँग ठट्टा गर्ने, उनीहरुलाई हुँदै नभएको कुरा सुनाएर मनोरञ्जन गर्ने तथा दुःख दिएर मूर्ख बनाउने लगायतका गतिविधि गरेर अप्रिल फूल अर्थात मूर्ख...
अटिजम भएकाहरुको पहिचान गरी उपचारमा संलग्न गराऔं
अटिजम भएकाहरुको पहिचान गरी उपचारमा संलग्न गराऔं मस्तिष्क र स्नायुकोषको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायुकोषको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसिप र कल्पनाशक्तिको विकासमा असर पुग्छ ।
प्रेस माथिको आक्रमण निन्दनीय छ
प्रेस माथिको आक्रमण निन्दनीय छ राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका पत्रकारको मृत्यु र सञ्चारसंस्थामाथि भएको आक्रमणको घटना निन्दनीय छ । यो आक्रमण नेपाली प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । शुक्रबार राजधानीमा ‘राजावादी आन्दोलन’का नाममा निस्किएको अराजक, उच्छृंखल र असंयमित जत्थाले अन्नपूर्ण मिडिया नेटवर्क र कान्तिपुर टेलिभिजनका मुख्यालयमा तोडफोड एवं आगजनी साथै प्रदर्शनको रिपोर्टीङ गरिरहेका एभीन्युज...
कुलमानको बर्खास्त :  आन्दोलनलाई बल
कुलमानको बर्खास्त : आन्दोलनलाई बल सत्ताको रापमा कुलमान घिसिङलाई फाली हाले ओली कमरेडले । पटक–पटक तड्पाएर अन्ततःविद्युत् प्राधिकरणको प्रमुखबाट घिसिङलाई हटाइएको छ । कुलमानको पदावधि करिब ५ महिना थियो ।
Weather Update