Shittalpati
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ । बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो । चालीस वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन् ।
‘नियत सफा राखौँ, आचारण सुधारौँ’
‘नियत सफा राखौँ, आचारण सुधारौँ’ लुम्बिनी प्रदेश सरकारले तयार पारेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनाको मस्यौदामा ११ वटा विषयलाई प्राथमिकता दिइएको छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकतामा ९९ वटा क्रियाकलाप प्रस्ताव गरिएका छन् ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ ।
बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय
बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवनोपयोगी सीप दिन थालिएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले बत्ती कात्ने, ब्यूटीपार्लरअन्तर्गत थ्रेडिङ गर्ने, दुनाटपरी बनाउनेजस्ता सीप विद्यार्थीलाई दिन थालेको हो । जानेको सीप विद्यार्थीलाई प्रयोगात्मक रूपमै सिकाउन पाउँदा शिक्षक र शिक्षिका पनि खुसी देखिन्थे । 
दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन
दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन यहाँ सरकारले चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्टटे डिङ कर्पोरेशन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । 
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेकोे छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो ।
सामुदायिक विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा
सामुदायिक विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा तुलसीपुर उपमहानगरपालिका–६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले निःशुल्क रुपमा तीन वटा विषयको प्राविधिक शिक्षा दिने भएको छ । सूचना प्रविधिको २४ महिने, इलेक्ट्रिक २४ महिने र मन्टेश्वरीको इसिडिएफ कक्षाको २४ महिने कार्यक्रम सुरु गर्न लागिएको हो । 
नेप्से परिसूचक ५९ अङ्कले घट्यो
नेप्से परिसूचक ५९ अङ्कले घट्यो  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो ।
प्रतितोला चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
प्रतितोला चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सयले उकालो लागेको छ ।
नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो
नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो ।
व्यवसायी दुर्गा प्रसाई पक्राउ
व्यवसायी दुर्गा प्रसाई पक्राउ नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिए । उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो ।
Weather Update