Shittalpati
वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार
वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन् ।
हाइटी हिंसामा १ सय ८४ जनाको मृत्यु
हाइटी हिंसामा १ सय ८४ जनाको मृत्यु हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १ सय ८४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १ सय ८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन् ।
लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति
लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
मह बेचेर एक याममा १२ लाख आर्जन
मह बेचेर एक याममा १२ लाख आर्जन घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा  मौरीपालन गरेका छन्  । उनले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो । एक याममा रु १२ लाखको मह बेच्ने उनको दैनिकी मौरीको हेरचाहमा नै  बित्ने गरेको छ । 
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो । 
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई दश हजार अनुदान दिने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान
लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ ।     ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ बाँकेको खजुरामा औपचारिक कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विषादी सचेतना अभियान सञ्चालन गरेको कृषि विकास निर्देशनालय लुम्बिनीका महानिर्देशक यमनारायण देवकोटाले जानकारी दिए ।
कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ : अर्थमन्त्री पौडेल
कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् ।
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
आज देशभरको मौसम सफा रहने पूर्वानुमान हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । 
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गरेका छन् ।
५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ
५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।
Weather Update