Shittalpati
वरिष्ठ पत्रकार चालिसेको निधन
वरिष्ठ पत्रकार चालिसेको निधन वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । 
आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा
आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको  छ । 
बजेटमार्फत् के-के भयो करमा हेरफेर ?
बजेटमार्फत् के-के भयो करमा हेरफेर ? सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताए ।
गाउँमा घर छन्, मान्छे छैनन्
गाउँमा घर छन्, मान्छे छैनन् तिनाउ गाउँपालिका कचलकी ८१ वर्षीया चन्द्रकुमारी बगालेलाई हिजोआज दिन बिताउन निकै गाह्रो भएको छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख सुःखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो...
घरघरमा पानीका धारा पुर्‍याउँदै स्थानीय सरकार
घरघरमा पानीका धारा पुर्‍याउँदै स्थानीय सरकार दङ्गीशरण गाउँपालिका(६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकैपटक ल्याउनुपर्ने बाध्यता उनलाई अझै स्मरण छ ।
फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन
फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरू गरेको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरू भएको हो ।
पाल्पाका मगर बस्तीमा परम्परागत घाटु नाँच संरक्षण गरिँदै
पाल्पाका मगर बस्तीमा परम्परागत घाटु नाँच संरक्षण गरिँदै घाटु नाच लोप हुँदै गएपछि यहाँका मगर समुदाय घाटु नाच संरक्षणमा जुटेका छन् । पाका पुस्ताको अगुवाइमा घाटु नाच देखाउने र युवाहरूलाई सिकाउने गरेको निस्दी गाउँपालिका–४, भोर्माका ७३ वर्षीय पार्वती ठाडाले बताइन् । घाटु सदियौँ पुरानो संस्कृति भए पनि पछिल्लो पुस्तामा चासो नहुँदा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न...
काँक्रा बिक्री गरेर वार्षिक ३० लाख आम्दानी !
काँक्रा बिक्री गरेर वार्षिक ३० लाख आम्दानी ! देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका वेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका– ५ खज्य्राङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेसा सुरु गरेका हुन् ।
लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
काफल बेचेर पढाइ खर्चसँगै अन्नको जोहो
काफल बेचेर पढाइ खर्चसँगै अन्नको जोहो यहाँको माथागढी गाउँपालिकाको रत्न माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत सविता नेपालीले काफल बिक्रीबाट प्राप्त रकमले किताब, कापी र पोसाक किन्ने गरेकी छन् । गरिबीका कारण पढाइ खर्च जुटाउन र अन्नको जोहो गर्न काफल बिक्री गर्दै आएको उनी बताउन्छिन् ।
गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’
गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ० गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ ।
गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर
गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेटे ।  पेट दुख्ने समस्या लिएर स्वास्थ्य चौकी पुगेकी उनलाई चिकित्सकले आवश्यक जाँचपछि औषधि दिए । परिवारको सहारामा स्वास्थ्य चौकी पुग्नुभएकी लुहार खुशी भएर घर फर्किईन । 
Weather Update