Shittalpati
नारायणगढ–मुग्लिन सडक दुर्घटनाः पाँचको मृत्यु
नारायणगढ–मुग्लिन सडक दुर्घटनाः पाँचको मृत्यु नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । 
सयपत्री फूलको बिक्रीबाट  पाँच लाख आम्दानी
सयपत्री फूलको बिक्रीबाट  पाँच लाख आम्दानी यहाँका एक किसानले दशैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
स्थानीय तह उपनिर्वाचन : कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
स्थानीय तह उपनिर्वाचन : कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ? आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।  
पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
टेलिकमको पाइपबाट पानी बगेपछि...
टेलिकमको पाइपबाट पानी बगेपछि... पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक
लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन् । 
भैँसीपालक किसानलाई अनुदान
भैँसीपालक किसानलाई अनुदान भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो । 
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि काष्ठ मूर्तिकला तथा चित्रकला 
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि काष्ठ मूर्तिकला तथा चित्रकला  जङ्गलमा सुकेर खेर गइरहेका काठका मुडाबाट पनि त्यति राम्रा र आकर्षक मूति बन्छन् भन्ने धेरैलाई पत्यार लागेको थिएन । तिनै सुकेर खेर गइरहेका गुराँसका काठका मुडाबाट गुल्मीको सत्यवतीमा निकै आकर्षक डिजाइनका मूर्ति बनाएर मूतिर्ककारले सबैलाई दङग पारेका छन् ।  
पाल्पामा सयपत्री फूलको माग उच्च
पाल्पामा सयपत्री फूलको माग उच्च ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ ।  वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर नगरपालिकाका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरि फूल देख्दा खुसी छन् । बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण सङ्कलन...
कृषि उपकरणको प्रयोगले किसानलाई सहज
कृषि उपकरणको प्रयोगले किसानलाई सहज दाङमा कृषि उपकरणको प्रयोग बढ्दै गएको छ । यसले व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका किसानलाई सहज भएको छ । उत्पादन समेत बढेको छ । 
नेप्से परिसूचक २७ अङ्कले बढ्यो
नेप्से परिसूचक २७ अङ्कले बढ्यो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ । 
Weather Update