Shittalpati
कुटपिटबाट घाइते किशोरको मृत्यु
कुटपिटबाट घाइते किशोरको मृत्यु तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’ पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो । फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन । तर, पछिल्लो समय जलजला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजलामा दैनिकजसो पर्यटक पुग्न थालेका हुन् । 
नेप्सेमा उच्च अङ्कको गिरावट
नेप्सेमा उच्च अङ्कको गिरावट नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो ।
राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या
राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो । 
स्याङ्जाको चराङमा फल्यो स्याउ
स्याङ्जाको चराङमा फल्यो स्याउ भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो । 
निगुरोे बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय
निगुरोे बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घरखर्च चलाउँदै आएको छ । उनीहरूले वर्षौंदेखि वनजङ्गलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो सङ्कलन गरेर बिक्री गरी नून तेलको जोहो गर्दै आएका छन् । उन्यू  प्रजातीको एक प्रकारको वनस्पती निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ । 
माछा मारेर गर्जो टार्नेहरु सकसमा
माछा मारेर गर्जो टार्नेहरु सकसमा दुई दशक अगाडिसम्म फाँटका खेतमा रोपाइँको समयमा माछा मारेर आफ्नो गर्ज टार्नेको सङ्ख्या ठूलो थियो । आजभोलि त्यही खेतमा पाइने जलचर प्राणी संकटमा पर्न थालेपछि माछा मारेर गर्ज टार्ने सकसमा परेका हुन ।
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन । 
बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ
बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ यहाँका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहेका छन् । उनले विसं २०७० मा ‘जुना बाख्रापालन फर्म’ दर्ता गरी व्यवसाय सुरु गरेका थिए ।
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
अण्डाको मूल्य बढेपछि किसानलाई राहत लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो ।
रुपन्देहीमा प्राङ्गारिक मल उद्योग सञ्चालन
रुपन्देहीमा प्राङ्गारिक मल उद्योग सञ्चालन रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
मुख्यमन्त्री आचार्यद्वारा समाज सेवाको भावना पुनःजागृत गर्न आह्वान
मुख्यमन्त्री आचार्यद्वारा समाज सेवाको भावना पुनःजागृत गर्न आह्वान लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हराउँदै जान थालेको समाज सेवाको भावनालाई पुनःजागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 
Weather Update