Shittalpati
निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छः मन्त्री पाण्डे
निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छः मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन।
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारको जीवन पुख्र्यौली आरनको आगो र फलामको कामसँग जोडिएको छ ।
मनसुन क्रमशः कमजोर हुँदै
मनसुन क्रमशः कमजोर हुँदै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । 
रोपाइँ पनि ठेक्कामा !
रोपाइँ पनि ठेक्कामा ! काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् ।
अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन
अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन लगातारको वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि उक्त सडक दुई दिनदेखि पुर्णरुपमा अवरुद्ध बनेको थियो  ।
गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध
गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध अविरल वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि आज उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
देशभर मनसुन सक्रिय
देशभर मनसुन सक्रिय मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । 
विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला
विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला यहाँको तानसेन नगरपालिका–१० तेल्घाकी ६० वर्षीया तारादेवी बस्याललाई बाजा बजाउन भ्याइनभ्याइ छ । गाउँघरमा हुने विवाह, पूजालगायत शुभकार्य र मेला महोत्सवमा बस्यालको व्यस्तता बढेको हो । 
देशभर ९१ प्रतिशत धान रोपाइँ
देशभर ९१ प्रतिशत धान रोपाइँ देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभरि करिब १४ लाख हेक्टर जमिन योखीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ...
‘बाँदरको आतङ्कले बागलुङको ग्रामीण बस्ती नै रित्तो भइसक्यो’
‘बाँदरको आतङ्कले बागलुङको ग्रामीण बस्ती नै रित्तो भइसक्यो’ काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाडे । उनले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थालेका छन् ।
दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा
दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०८१र८२ मा २७१ मध्ये २६९ योजना सम्पन्न गरेको छ । कार्यालय प्रमुख कृष्णबहादुर विकले ३२ करोड ७३ लाख बजेमध्ये ३१ करोड ८३ लाख ५६ हजार अर्थात ९७।२७ प्रतिशत खर्च भएको जानकारी दिए ।
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु९याउने योजना बनाएको हो ।
Weather Update