पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै
आइतबार, साउन २५, २०८२
गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
शुक्रबार, साउन २३, २०८२
अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मल उत्पादन सुरु
बिहीबार, साउन २२, २०८२
जिल्लाको तिलोत्तमाका युवाले प्राङ्गारिक मल उत्पादन सुरु गरेका छन्। यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन्।
गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध
मंगलबार, साउन २०, २०८२
लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।
जीवनको उत्तरार्द्धमा एक्लिँदै वृद्धवृद्धा
मंगलबार, साउन २०, २०८२
जिल्लाको तिनाउ गाउँपालिका कचलका मनबहादुर बगालेका एक छोरी र तीन छोरा थिए । छोरीको बिहे भइसकेको छ । बाँकी तीन छोरा पनि उनका साथमा छैनन् । कोही वैदेशिक रोजगारमा गएका छन्भने कोही सहरमा गएर बसेका छन् । घरमा दुई बूढाबूढी मात्रै छन् । ‘टाठाबाठा जति सहरतिर लागेका छन् । म...
कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
मंगलबार, साउन २०, २०८२
दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै रु १० लाख बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ का लागि रु एक करोड ६३ लाख छ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको कोइलाबास भन्सारले रु एक करोड ७२ लाख राजस्व सङ्कलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए ।...
पहिराका कारण कालीगण्डकी करिडोरसहित विभिन्न सडकमा आवतजावत रोकियो
मंगलबार, साउन २०, २०८२
कालीगण्डकी करिडोरको तीन खण्डसहित गुल्मीका चार स्थानमा पहिराका कारण सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयुका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाका वडा नं १, २ र ३ स्थित गरगरे, राक्से र कनौटामा आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
पहिरोले स्वास्थ्यचौकीमा क्षति
सोमबार, साउन १९, २०८२
गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबु्रङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो ।
बुटवल–नारायणगढ सडक अवरुद्ध
सोमबार, साउन १९, २०८२
बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसे पछि दुईतर्फी सडक अवरुद्ध भएको हो ।
बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध
सोमबार, साउन १९, २०८२
बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध
गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध
आइतबार, साउन १८, २०८२
गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका(१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो
आइतबार, साउन १८, २०८२
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व(पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो ।
पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो
शनिबार, साउन १७, २०८२
नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ ।


