Shittalpati
सामुदायिक वनः ग्रामीण विकासका आधार
सामुदायिक वनः ग्रामीण विकासका आधार जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र आत्मनिर्भर बनाइरहेको छ ।
रोपो कुहिन थालेपछि किसान चिन्तित
रोपो कुहिन थालेपछि किसान चिन्तित यहाँको काठेखोला गाउँपालिका–१ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रुपमा कुहिएको छ। गोडमेल गर्ने बेलामा केही गाँज कुहिएको थियो। थप नकुहियोस् भनेर औषधि छर्किए तर कुहिन रोकिएन, हेर्दाहेर्दै खेत रित्तै हुन लागेको उनको भनाइ छ ।
बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच
बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच बेनीमा २० वर्षपछि थेत्तोर ९धानको बाला० नाच प्रदर्शन गरिएको छ ।
नेप्से परिसूचकमा ५३ उच्च अङ्कको सुधार
नेप्से परिसूचकमा ५३ उच्च अङ्कको सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको सुधार हो ।
विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त सङ्कलन
विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त सङ्कलन विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त सङ्कलन गरेको छ । 
उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै वडा कार्यालय
उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै वडा कार्यालय बर्दघाट सुस्तापश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको ४ नं वडा कार्यालयले स्नातक तह अध्ययन गर्ने ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ
लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा गर्ने प्रदेश सरकारको निर्णय
लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा गर्ने प्रदेश सरकारको निर्णय लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले १२ निर्णय गरेको छ ।
अकबरेबाटै लाखौँ आम्दानी
अकबरेबाटै लाखौँ आम्दानी रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेल यस वर्ष अकबरे खुर्सानीबाट रु पाँच लाख बढी आम्दानी गर्ने योजनामा छन ।
गोरुसिङ्गे–सन्धिखर्क स्तरोन्नतिपछि पर्यटक लाभान्वित
गोरुसिङ्गे–सन्धिखर्क स्तरोन्नतिपछि पर्यटक लाभान्वित पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन् । साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे–सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि आजभोलि यात्रा सहज भएको हो ।
दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु
दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु दाङमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान ६ः०० बजे आसपासमा चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपर र प्यूठानबाट चन्द्रौटा जाँदै गरेको लु३९प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । 
कुटपिटबाट युवकको मृत्यु
कुटपिटबाट युवकको मृत्यु वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति कुटपिटका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए ।
‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु
‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु स्क्रब टाइफसबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।
Weather Update