Shittalpati
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए । 
प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या
प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या दाङमा एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।
गण्डकीमा क्षेत्रफलसँगै सुन्तला उत्पादन बढ्यो
गण्डकीमा क्षेत्रफलसँगै सुन्तला उत्पादन बढ्यो गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार दुई सय २८ मेट्रिक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार आठ सय ९७ मेट्रिक टनले बढी हो ।
गुल्मीमा खसीबोका बिक्रीबाट मनग्य आम्दानी
गुल्मीमा खसीबोका बिक्रीबाट मनग्य आम्दानी गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन् । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन् ।
अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु अर्घाखाँचीको ढाकावाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जिप शनिबार बिहान दुर्घटना भएको हो ।
सैन्य कारबाहीमा दुई विद्रोहीको मृत्यु
सैन्य कारबाहीमा दुई विद्रोहीको मृत्यु पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको कारबाहीमा दुई विद्रोही लडाकू मारिएको सेनाले जनाएको छ ।
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन पेश
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन पेश प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ ।
जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक
जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
वैदेशिक रोजगारीमा छ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीमा छ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै  छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकाश वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ । पक्राउ परेका उनलाई प्रहरी आज सार्वजनिक गरेको हो । 
शीतभण्डारमा कहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै
शीतभण्डारमा कहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताए ।
लोककल्याणकारी विज्ञापनबारे मिडिया काउन्सिल विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने
लोककल्याणकारी विज्ञापनबारे मिडिया काउन्सिल विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने मिडिया काउन्सिल विधेयकका विषयमा समाजवादी प्रेस सङ्गठन नेपालले ध्यानाकर्षण भएको बताएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालको प्रेस काउन्सिल ऐन, २०४८ लाई विस्थापन गर्न मस्यौदा गरेको मिडिया काउन्सिल विधेयकले देशभरका पत्रपत्रिका तथा सञ्चारमाध्यमले पाउने लोककल्याणकारी विज्ञापनबारे प्रष्ट व्यवस्था नगरिएको भन्दै समाजवादी प्रेस सङ्गठनले ध्यानाकर्षण गराएको हो ।
इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ हस्तान्तरण
इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ हस्तान्तरण भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन यन्त्र (आरएफआइडी) हस्तान्तरण गरेका हुन् ।
Weather Update