Shittalpati
प्यूठानमा जिप दुर्घटना, एक जनाको मृत्यु, १५ घाइते
प्यूठानमा जिप दुर्घटना, एक जनाको मृत्यु, १५ घाइते प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा दुर्घटना भएको छ । शनिबार लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु
स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले अकालमै ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी १७ पुरुष, १८ महिला, चार बालक र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका...
बसमा आगलागी हुँदा ३३ यात्रु घाइते
बसमा आगलागी हुँदा ३३ यात्रु घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् ।
पाल्पा लघुवा बस दुर्घटनाः मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट)
पाल्पा लघुवा बस दुर्घटनाः मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट) पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका – २ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए ।
पाल्पाको लघुवामा भएको बस दुर्घटनाका घाइतेको मिसनमा उपचार हुँदै (अपडेट)
पाल्पाको लघुवामा भएको बस दुर्घटनाका घाइतेको मिसनमा उपचार हुँदै (अपडेट) पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो ।
पाल्पाको लघुवामा बस दुर्घटना : ६ को मृत्यु १६ घाइते
पाल्पाको लघुवामा बस दुर्घटना : ६ को मृत्यु १६ घाइते पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो । आइतबार दिउँसो ४:३० बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरीचौकीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचाल हुन सकेको छैन ।
सडक दुर्घटना घट्यो, मृत्युदर बढ्यो
सडक दुर्घटना घट्यो, मृत्युदर बढ्यो रुपन्देहीमा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथाङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ ।
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ मा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा नवलपरासीको बर्दघाट नगरपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।
रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो
रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका चार जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
वर्षासँगै परेको चट्याङले रुपन्देहीमा एक जनाको मृत्यु
वर्षासँगै परेको चट्याङले रुपन्देहीमा एक जनाको मृत्यु वर्षासँगै परेको चट्याङले लागेर सियारी गाउँपलिकामा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान खेतमा काम गर्न गएका सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक
सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।
गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु
गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु जिल्लाको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसीबी डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडानम्बर–२ पल्लिकोटको रातापानी भन्ने स्थानमा लु १ क ४७७१ नम्बरको डोजर दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।
Weather Update