Shittalpati
तानसेनमा बेवारिसे व्यक्तिको मृत्यु

पाल्पा, जिल्लाको तानसेनमा एक बेवारिसे व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका–१ भूषालडाँडास्थित सडक किनारमा बोल्न नसक्ने अवस्थामा फेला परेको करिब ५५ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले स्थानीयको सहयोगमा गत विहीबार सडक छेउमा लडिरहेको अवस्थामा पुरुषको उद्धार गरी युनाइटेड अस्पताल पुर्‍याएको थियो । उपचारको क्रममा उक्त पुरुषको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

मृतकको नाम, थर, वतन नखुलेको वर्ण गहुँ गोरो, उचाई ५ फिट ६ इन्च, कालो ,सेतो दारी, लाम्चो अनुहार भएको प्रहरीले जनाएको छ । मृतकको हुलियामार्फत चिन्ने जो कोहीले प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाले जानकारी गराए ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update