गुल्मीमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
शनिबार, चैत २८, २०७७
तानसेनमा भएको जिप दुर्घटनामा परी दुईको मृत्यु
मंगलबार, चैत २४, २०७७
जिल्लाको सदरमुकाम तानसेनमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ काजीपौवास्थित भित्री कच्ची सडक खण्डमा खुशी फ्रेस हाउसमा कुखुरा राखी तानसेन बसपार्कतर्फ आउदै गरेको लु २ च ६३२ नं. को पिक अप जिप दुर्घटनामा परेको हो ।
गुल्मीमा जलेर एक बालिकाको मृत्यु
शुक्रबार, चैत २०, २०७७
गुल्मी, जिल्लामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ ।
पाल्पामा आगो निभाउने क्रममा एकको मृत्यु
शनिबार, चैत १४, २०७७
पाल्पामा आगो निभाउने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षीय मान बहादुर सिंजालीको मृत्यु भएको हो ।
रहेनन् महान जनयुद्धका सशक्त योद्धा विरबल
मंगलबार, चैत १०, २०७७
महान जनयुद्धका सशक्त योद्धा गिरबहादुर थापा विरबलको निधन भएको छ । लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।
नविन्द्रराज जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण
बुधबार, चैत ४, २०७७
प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु, ७ जना घाइते
मंगलबार, चैत ३, २०७७
सिन्धुलीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । सदरमुकामबाट कमलामाई नगरपालिका–७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप दुर्घटना भएको हो ।
तानसेनको कमल पोखरीमा एक पुरुष मृत फेला
बुधबार, फागुन २६, २०७७
तानसेन नगरपालिका ७ प्रभासमा रहेको कमल पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गत सोमबार पोखरीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
बिहेको दाइजो छाडेर फर्कदै गरेको जिप निस्दीको विरकोटमा दुर्घटना, चार घाइते
शनिबार, फागुन २२, २०७७
बिहेको दाईजो छाडेर फर्कदै गरेको जिप पाल्पाको निस्दी गाउँपालिका २ विरकोटमा दुर्घटना भएको छ । शनिबार विहान पोखरीछाँप नजिकै भित्रि कच्चि सडक खण्डमा बिरकोटमा बिहेको दाईजो छाडेर ज्यामिरेतर्फ फर्किदै गरेको लु १ ज १७६२ नं.को जिप दुर्घटना भएको हो ।
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी
बुधबार, फागुन १९, २०७७
सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन तयारी थालिएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै त्यस्ता संरचना हटाउन अन्तिम तयारी थालेको हो ।
दुर्घटनामा दुईको मृत्यु
मंगलबार, फागुन १८, २०७७
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो ।
गुल्मीको भाडगाउँमा युवती मृत फेला
सोमबार, फागुन १७, २०७७
जिल्लाको भाडगाउँमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
दुर्घटना रोक्न मदनभण्डारी राजमार्गमा सेफ्टी वाल
शनिबार, फागुन १५, २०७७
गुल्मीमा रहेको मदन भण्डारी राजमार्ग क्षेत्रमा दुर्घटना रोक्न सडक सेफ्टी वाल निर्माण गर्न थालिएको छ । उक्त राजमार्गको कालोपत्रे गरिएको दुर्घटना हुने जोखिम क्षेत्रमा सेफ्टी वाल निर्माण गर्न थालिएको हो । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले वाल निर्माण कार्य अगाडि बढेको छ । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे...