Shittalpati
रहेनन् महान जनयुद्धका सशक्त योद्धा विरबल

पाल्पा, महान जनयुद्धका सशक्त योद्धा गिरबहादुर थापा विरबलको निधन भएको छ । लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।
पाल्पाली कम्यूनिष्ट आन्दोलनका एक कर्मठ अथक र निष्ठावान योद्धा विरबल लामो सयमदेखि सुगर तथा मृगौला सम्बन्धी समस्याबाट ग्रसित रहँदै आएका थिए । उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विरबलको निधनले पाल्पाको सिङ्गो कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको बताइएको छ । उनको निधन पछि नेकपा माओवादीका नेता तथा प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले सामाजिक सञ्जालमा दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार विरबलले २०५७ सालमा नेकपा माओवादीको होलटाइमर कार्यकर्ता भै २०७७ सम्म २० वर्ष अनवरत पार्टी र क्रान्तिको लागि नेतृत्वदायी भूमिकामा निरन्तर क्रियाशिल रहँदै आएका थिए । थापा नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य, पार्टी जिल्ला संयोजक, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्विनी प्रदेश सचिवालय सदस्य, पाल्पा जिल्ला सचिव र हाल प्रदेश सचिवालय सदस्य समेत रहेको माओवादी नेता तुलाराम घर्तीले बताए । उनका दुई छोरी र एक श्रीमति रहेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update