Shittalpati
सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु, ७ जना घाइते

काठमाडौं, सिन्धुलीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । सदरमुकामबाट कमलामाई नगरपालिका–७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा कमलामाई–७ का ६५ वर्षीय रुद्रबहादुर थापा,१८ वर्षीया रिता यसमाली,१९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रजिअ न्यौपानेले बताए । घाइतेमध्ये एक जना चालक रहेको पनि उनले बताए । उनीहरुको सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकाहरुलाई काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ । जिपमा ११ जना यात्रु सवार रहेका थिए । जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update