सुष्मालाई बक्सिङमा रजत पदक
हाइवे-विशेष
तानसेन–रिडी सडक खण्ड पन्ध्र दिनका लागि बन्द

पाल्पा, तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको सिरुखर्क, माल्मुुल क्षेत्रमा सकड चौडा पार्ने कार्य भइरहेकाले विहीबारदेखि सडक बन्द गरिएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाले एक सूूचना जारी गर्दै सडक चौडा गर्नुपर्ने भएकाले मंसिर २२ गतेदेखि पुस ७ गतेसम्म दैनिक १० घण्टा बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाएको छ । सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ ।
निर्माण व्यवसायीले तानसेन–रिडी सडक खण्डको सिरुखर्क, माल्मुुल क्षेत्रमा सडक चौडा गर्नका लागि सहज रुपमा कार्य सम्पन्न गर्न प्रतिवद्धता जनाउदै सडक कार्यालयलाई सडक बन्द गर्ने समय तालिका माग गर्दै निवेदन दिएको थियो । सोही निवेदनको आधारमा सडक कार्यालयले समय तालिका सार्वजनिक गरेको हो । ‘ २०७९/०८/२२ देखि २०७९/९/७ गतेसम्म १५ दिनको लागि सडक बन्द गराई कटिङ्ग कार्या गरी त्यस पश्चात सवारी साधन खोल्न अगाडि सडक क्लियर गरी सवारी साधन आवागमनमा बाधा उत्पन्न नहुने गरी निर्माण कार्य गरिने व्यहोरो निर्देशानुसार अनुरोध छ’ इञ्जिनियर निरञ्जन शर्मा अर्यालद्वारा जारी सूूचनामा भनिएको छ ।
उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड हुँदै गुल्मी, बागलुुङ्ग, अर्घाखाँची जाने आउने सवारी साधन भने लुहुङ्ग–बतासेडाँडा भएर चल्न सक्ने छन् । यस अघि पनि उक्त सडक खण्डको जोर्ते भीर क्षेत्रको पहाड कटान गर्न र समयमा कार्य सम्पन्न गर्नका लागि सडक बन्द गरिएको थियो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!