Shittalpati
पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु

पाल्पा, पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालक चापकोट नगरपालिका–५ स्याङ्जाका ४१ वर्षीय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ग १६ प १४८६ नम्वरको मोटरसाईकललाई विपरीत दिशाबाट आउदै गरेको लुु २ ख २४९ नम्वरको बसले ठक्कर दिदाँ मोटरसाइकल चालक पाण्डे घाइते भएका थिए । घाइते उनको प्रहरीचौकी दोभानबाट खटिएको टोलीले उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । अस्पताल पुर्‍याइएको उनलाई डाक्टरले चेक जाँच पछि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update