Shittalpati
गुल्मीमा भारतबाट आएका एक व्यक्तिको मृत्यु

गुल्मी, जिल्लामा भारतबाट आएका एक व्यक्तिको मृत्यु भएको छ । रोजगारको सिलसिलामा भारत गएका मालिका गाउँपालिका ७ वेदथलाका ६३ बर्षीय केयरसिंह विश्वकर्माको मृत्यु भएको हो । केहि दिन अघि भारतबाट घर आएका विश्वकर्माको दशौं दिनमा मृत्यु भएको छ । उनलाई कोरोनाको संक्रमण हुन सक्ने आशंका गरिए पनि त्यस्तो नरहेको मालिका गाउँपालिकाले जनाएको छ । दमका कारण ग्रसित रहेका उनी दश दिन अघि घर आएका थिए ।

उनलाई ज्वरो समेत नआएकाले कोराना भाइरसको संक्रमण नरहेको र दमको व्यथाले नै मृत्यु भएको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए । उनका अनुसार त्यस वडामा यति बेला भारतबाट २५ जना र तेश्रो मुलकबाट एक जना घर आएका छन् । विदेशबाट आए पनि उनीहरु सेल्फ क्वारेन्टाईनमा बस्न नमानेको वडा कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update