Shittalpati
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

पाल्पा, अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ । सोमबार बिहानै खसेको सुख्खा पहिरोले अवरुद्ध राजमार्ग खुलेको हो ।

पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै ढुङेगासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको थियो । लामो प्रयासपछि सोमबार अपराह्न १२ बजेबाट राजमार्ग खुलेको दोभान प्रहरी चोकीले जनाएको छ । पहिरो फालेपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update